www.tandavnews.com
Fact ~ In search of truth

मालढुंगा बस दुर्घटना अपडेट : ७ को मृत्यू, ३२ घाईते (नाम र ठेगाना सहित)

 

 

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।
पर्वतको कुश्मा नगरपालिका १ पाङको मालढुंगामा भएको बस दुर्घटनामा ७ जनाको मृत्यू हुनुका साथै ३२ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस बिहीबार बिहान सवा ८ बजे दुर्घटनामा परेको थियो । ३७ जना यात्रु सवार रहेको बस सडकबाट ५० मिटर तल कालीगण्डकी नदी किनारको छेउमा खसेको थियो ।

दुर्घटनामा परी ३ जनाको घट्नास्थलमै र ४ जनाको उपचारको क्रममा जिल्ला अस्पताल बागलुङमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वत, जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीयबासीको टोलीले घाईतेहरुको उद्धार गरेको थियो ।

Batas

टुर्दटनामा घाईते भएकाहरुमध्ये छाउनी अस्पतालमा रिफर गरिएको सातै जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै, ग्राण्डी अस्पतालमा रिफर गरिएकामध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । यसैगरी, एक जनाको भने जिल्ला अस्पताल बागलुङमा उपचार भैरहेको छ ।

घटनास्थलमा नै मृत्यू हुनेहरुको नाम र ठेगाना

१. म्याग्दीको पाखापानी गाउँपालिका २ का २१ बर्षिय राजेश पुन

२. पर्वतको जलजला गाउँपालिका ७ की ५५ बर्षिया अमिसरा पुन

३. एक जना पुरुषको भने सनाखत भएको छैन्।

उपचारको क्रममा जिल्ला अस्पताल बागलुङमा मृत्यू भएकाहरुको नाम र ठेगाना

४. पर्वतको जलजला गाउँपालिका ८ का ५० बर्षिय टिके परियार

५. पर्वतको जलजला गाउँपालिका ८ का ४० बर्षिय सेती परियार (टिके र सेती श्रीमान श्रीमती हुन्।)

६. बागलुङ नगरपालिका ४ कुँडुलेकी ४८ बर्षिया शान्ति के.सी.

७. पर्वतको जलजला गाउँपालिका ७ का २२ बर्षिय जीवन बि.क.

दुर्घटनामा घाईते भएकाहरुको विवरण

१. कालिकोटको महावल गाउँपालिका ४ का ५२ बर्षिय राजबहादुर सिंह (छाउनी अस्पताल, काठमाण्डौँ)

२. पर्वतको जलजला गाउँपालिका ८ का १३ बर्षिय बिक्रम रेग्मी (मणिपाल अस्पताल, पोखरा)

३. पर्वतको जलजला गाउँपालिका ८ की ३१ बर्षिय कमला रेग्मी (मणिपाल अस्पताल, पोखरा)

४. पर्वतको जलजला गाउँपालिका ८ का कुशल रेग्मी (मणिपाल अस्पताल, पोखरा)

५. कास्कीको पोखरा ३३ की ४० बर्षिया लक्ष्मी बोहरा (मणिपाल अस्पताल, पोखरा६

६. कास्कीको पोखरा ३३ की ११ बर्षिया दिपिका बोहरा (मणिपाल अस्पताल, पोखरा)

७. म्याग्दीको बेनी नगरपालिका ८ का ३३ बर्षिय लक्ष्मीप्रसाद बि.क (छाउनी अस्पताल, काठमाण्डौँ)

८. कास्कीको अन्नपूर्ण गाउँपालिका ४ की २८ बर्षिया चन्द्रा आचार्य (मणिपाल अस्पताल, पोखरा) आमा

९. कास्कीको अन्नपूर्ण गाउँपालिका ४ का ३ बर्षिय संकल्प पौडेल (मणिपाल अस्पताल, पोखरा) छोरा

१० पर्वतको जलजला गाउँपालिका ७ की ३९ बर्षिया बिसमाया पुन (मणिपाल अस्पताल, पोखरा)

११. म्याग्दीको बेनी नगरपालिका ७ का ६७ बर्षिय टेकनाथ पौडेल (ग्राण्डी अस्पताल, काठमाण्डौ)

१२. पर्वतको कुश्मा नगरपालिका ९ का ३५ बर्षिय तिलक पराजुली (मणिपाल अस्पताल, पोखरा) चालक

१३. पर्वतको जलजला गाउँपालिका ७ का ५२ बर्षिय उद्धिर तिलिजा (मणिपाल अस्पताल, पोखरा)

१४. चितवनको लङपुरका ४५ बर्षिय रोहिडीप्रसाद चापागाईँ (छाउनी अस्पताल, काठमाण्डौँ)

१५. म्याग्दीको बेनी नगरपालिका ७ का ६८ बर्षिय टेकबहादुर पुन (मणिपाल अस्पताल, पोखरा)

१६. म्याग्दीको बेनी नगरपालिका ७ की ६३ बर्षिया मन्दिरा पौडेल (ग्राण्डी अस्पताल, पोखरा)

१७. म्याग्दीको बेनी नगरपालिका ७ का ५६ बर्षिय हेमकला रेग्मी (मणिपाल अस्पताल, पोखरा)

१८. म्याग्दीको बेनी नगरपालिका ७ की ६३ बर्षिय सुन्दरी पौडेल (मणिपाल अस्पताल, पोखरा)

१९. पर्वतको जलजला गाउँपालिका ७ का २२ बर्षिय कमल पौडेल (मणिपाल अस्पताल, पोखरा)

२०. पर्वतको जलजला गाउँपालिका ७ का बालकृष्ण पौडेल (मणिपाल अस्पताल, पोखरा)

२१. चितवनको भरतपुर ४ की ५६ बर्षिया पूर्णकला बस्नेत (मणिपाल अस्पताल, पोखरा)

२२. पर्वतका ४१ बर्षिय राजन सापकोटा (मणिपाल अस्पताल, पोखरा)

२३. धादीङका ५५ बर्षिय मानबहादुर गुरुङ (मणिपाल अस्पताल, पोखरा)

२४. पर्वतको जलजला गाउँपालिका ८ का २७ बर्षिय देवीलाल नेपाली (मणिपाल अस्पताल, पोखरा)

२५. पर्वतको जलजला गाउँपालिका ८ का २७ बर्षिय दिपक परियार (मणिपाल अस्पताल, पोखरा)

२६. पर्वतको जलजला गाउँपालिका ८ का ४२ बर्षिय कृष्ण पौडेल (छाउनी अस्पताल, काठमाण्डौँ)

२७. पर्वतको जलजला गाउँपालिका ८ की ३० बर्षिया लक्ष्मी पौडेल (मणिपाल अस्पताल, पोखरा) आमा

२८. पर्वतको जलजला गाउँपालिका ८ का ७ बर्षिय प्रमाण पौडेल (छाउनी अस्पताल, काठमाण्डौँ) छोरा

२९. चितवनको मुहान बस्ने ९ बर्षिया प्रवेशिका पौडेल (छाउनी अस्पताल, काठमाण्डौँ) छोरी

३०. चितवनको मुहान बस्ने ३५ बर्षिया तुलसी सुवेदी (मणिपाल अस्पताल, पोखरा)

३१. बागलुङको जैमिनी नगरपालिका ४ का १६ बर्षिय अमिर क्षेत्री (जिल्ला अस्पताल, बागलुङ) (सह चालक)

३२. म्याग्दीको बेनी नगरपालिका ८ संगमचोक बस्ने दिपेन्द्र बि.क. (छाउनी अस्पताल, काठमाण्डौँ)

मालढुंगामा बस दुर्घटना,तीनको घटनास्थलमै मृत्यु

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.