www.tandavnews.com
Fact ~ In search of truth

मिर्गौलापीडित शिक्षक खुमबहादुरलाई दश लाख सहयोग

वालिङ ।
वालिङका एक मिर्गौलापीडित व्यक्तिलाई उपचारका लागि दश लाख आर्थिक सहयोग गरिएको छ ।

वालिङ तथा आसपासका विद्यालयमा अध्यापनरत शिक्षक खुमबहादुर गुरुङको उपचारका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको रकम सङ्कलनका अभियानकर्ता टीकराज गुरुङले बताए ।

हाल वालिङ नगरपालिका– १ रामबाच्छामा बसोवास गर्दै आएका गुरुङको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि सामाजिक सञ्जालमार्फत ‘सपोर्ट फर केवी गुरुङ’ अभियान सञ्चालन गरेपश्चात देश तथा विदेशबाट सहयोग रकम प्राप्त भएको अभियानकर्ता टीकराजले बताए ।

“केवी सरको उपचारका लागि सहयोग रकम आउने क्रम जारी छ” अभियानकर्ता गुरुङले भने, “आगामी दिनमा प्राप्त भएको रकम पुनःहस्तान्तरण गरी उहाँको उपचारमा सहयोग गर्छौं ।”झण्डै दुई महीना अघिदेखि उपचारका क्रममा रहनुभएका मिर्गौलापीडित गुरुङले अहिले नेशनल डायलासिस सेन्टरमा उपचार गराइरहेका छन् । उपचारका क्रममा गुरुङको हालसम्म तीन लाख खर्च भइसकेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.