www.tandavnews.com
Fact ~ In search of truth

मिस नर्स पोखराको अडिसन आज

पोखरा ।

नर्स पेसामा आबद्ध युवतीहरुलाई लक्षित गरी आयोजना गरिएको मिस नर्स पोखराको अडिसन आज हुदैँछ ।चिप्लेढुङ्गाको सेलवेज टावर स्थित क्लाउड नाइन रेष्ट्रोमा हुने अडिसन दिउँसो ३ बजेबाट सुरु हुने छ ।

अडिसनका लागि आयोजकले केही मापदण्ड तोकेको छ । जसका लागि नर्सिङ पेसामा आबद्ध भई १५ देखि ३० वर्ष उमेर समूहका युवती सहभागि हुन पाउने बताइएको छ ।

Batas

एपी इन्टरटेन्मेन्ट र एसटी क्रियसन आयोजना तथा सेपअप स्लीमिङ सेन्टरको सहकार्यमा प्रतियोगिता आयोजना हुने भएको हो ।मिस नर्स प्रतियोगिता पोखरामा पहिलो पटक हुन लागेको आयोजक एपी इन्टरटेन्मेन्टका म्यानेजिङ डाइरेक्टर अर्जुन पाण्डेले जानकारी दिए ।

सामाजिक सेवा भाव भएर नर्सिङ पेसालाई अंगाल्दै आएका युवतीहरुलाई पेसा प्रतिको सम्मान र हौसला प्रदान गर्ने गरी यस किसिमको प्रतीयोगिता आयोजना गरिएको एसटी क्रियसनका प्रबन्ध निर्देशक एवं कोरियोग्राफर सुरज थापाले जानकारी दिए ।

आयोजक एपी इन्टरटेन्मेन्ट र एसटी क्रियसनले यसअघि विभिन्न सौन्दर्य एवं प्रतिभा प्रष्फुटनका प्रतियोगिता आयोजना गरिसकेको छ ।

मिस गण्डकी, हस्पिटालिटी नेपाल कन्टेस्ट, मिस्टर एण्ड मिस एसइई, मिस फिटनेस, मिस गोर्खा, सानोबाबु सानो परी लगायतका विभिन्न प्रतियोगिता सफल इभेन्ट हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.