www.tandavnews.com
Fact ~ In search of truth

‘मुसुमुसु हासिदेउँ न लैलै’का गायक नोर्देन तेन्जिङ भुटियाको निधन

काठमाडौं ।

 

चर्चित गीत ‘मुसुमुसु हासिदेउँ न लैलै’का गायक नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ ।

हिमालय ब्याण्डका संस्थापक गायक, संगीतकार तथा गीतकार नोर्देन तेन्जिङ भुटियाको हिजो निधन भएको हो । सन् १९९०मा भारतको खस्र्याङमा जन्मिएका भुटियाको ६९ वर्षको उमेरमा लन्डनमा निधन भएको जनाइएको छ।

Batas

भुटिया घाटीको क्यान्सरबाट ग्रसित भएका थिए । बेलायती सैनिक समेत रहेका भुटियाले सन् १९७२-७३ तिर साथीहरुसँग मिलेर हिमालय ब्यान्डको स्थापना गरेका थिए । ‘मुसुमुसु हासिदेउ न लैलै’ गित चर्चित रहे पनि उनलाई नेपाली श्रोतामाझ चर्चा दिने पहिलो गित ‘गाजलुले आँखे छोप्ने’ रहेको थियो । ‘मुसुमुसु हाँसीदेउ’ गीत बलिउड सिनेमा ‘प्यारमे कभी कभी’ मा हिन्दी अनुवाद गरि प्रयोग गरिएको थियो जसमा बलिउड गायक शानले गाएका थिए ।

भुटियाका ‘फर्किहेरे जीवन तमाासा’, ‘ कहाँ तिम्रो मायालुलाई छाडिराख्यौ’, ‘चिसो बतासले’ जस्ता गित श्रोतामाझ चर्चित रहेका छन् । भुटियाले गायनसँगै, संगी र शब्द सिर्जना पनि आफै गर्थे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.