www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङको चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

मुस्ताङ ।

उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा मुस्ताङ पुगेको प्राविधिक टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको हो ।

Batas

छोटो समयका लागि मुस्ताङ भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीको सुविधाका लागि विमानस्थल निर्माण गर्न पहल गरिएको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले बताए ।

जोमसोम हुँदै उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र सडक यातायातको सहज सुविधा नभएकाले पर्यटक मारमा पर्ने गरेका छन् ।

पछिल्लो समय उपल्लो मुस्ताङको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पृथक भूगोल, तिब्बती कला र संस्कृति, ऐतिहासिक दरबार, गुफा र हिमाली जीवनशैली उपल्लो मुस्ताङका आकर्षण हुन् ।

चराङमा विमानस्थल निर्माण गर्न सकेमा उपल्लो मुस्ताङको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । प्राधिकरणका इञ्जिनीयर न्यौपानेले चराङको भूगोल विमानस्थलका लागि उपयुक्त भएको बताए।

विमानस्थलका लागि आवश्यक पर्ने सार्वजनिक जग्गा पर्याप्त रहेको उनको भनाइ छ ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.