www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा नयाँ शैक्षिक सत्र शुरु

 

 

ठिनी ।

मुस्ताङमा बुधबारदेखि शैक्षिक सत्र शुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ । फागुनदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ ।

Batas

जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३ विद्यालयमा बुधबारदेखि नयाँ शैक्षिक सत्र शुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाइले जानकारी दिए । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतका दुई विद्यालयमा भने घुम्ती विद्याललय सञ्चालनमा छ ।

लो घ्याकर दामोदरकुन्ड गाउँपालिकाका नौ विद्यालय र लोमान्थाङ गाउँपालिकाका १० विद्यालयमा पुसदेखि घुम्ती शत्र सञ्चालनमा छ । चिसोका कारण पठनपाठन सञ्चालन गर्न समस्या भएपछि घुम्ती शत्र सञ्चालन गरिएको हो । जाडो छल्न पोखरा, काठमाडौँ, चितवन, बुटवल तथा भारततर्फ गएका मुस्ताङवासी फागुन लागेपछि घर फर्कने गर्छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.