www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङ जाने बाटो बाढीले बगायो, आवातजावत बन्द

संजय रेग्मी,
पर्वत / ताण्डव न्यूज ।

अविरल वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीका कारण हिमालपारिको जिल्ला मुस्ताङलाई सड्कमार्ग मार्फत जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरला खण्ड ठप्प भएको छ ।

कालीगण्डकीको सतह उर्लिएर आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ को बाँदरजुङेगेभीरमा सडक कटान गरेर बगाएपछि मुस्ताङ पुग्ने एक मात्र बाटो अवरुद्ध भएको हो ।

Batas

हिजो अपरान्ह ४ बजे नदीले सडकको करिब ५ मिटर भाग सवारी साधनहरू वारपार गर्न नै नमिल्ने गरी कटान गरेको छ ।

कालीगण्डकी करीडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डका सुपरभाइजर इन्द्र सिं शेरचनका अनुसार हरेक वर्ष कालीगण्डकीको धार सडकतर्पm मोडिँदै आएकोमा यस वर्ष पनि सडक कटान भएको हो ।

बाटो बन्द भएपछि मुस्ताङ पुगेका तीर्थयात्री तथा पर्यटकहरू मुस्ताङमा नै अलपत्र परेका छन् भने जान भनी हिँडेकाहरू म्याग्दी र पर्वतमा नै रोकिएका छन ।

मुस्ताङबाट बेनीका लागि छुटेका र बेनीबाट मुस्ताङका लागि हिँडेका कतिपय सवारीहरू सडक कटान भएको ठाउँबाट फर्किएको भए पनि कतिपय भने बिच बाटोमै अलपत्र परेका छन ।

सडक कटान भएको ठाउँमा पहरो रहेका कारण त्यो पहरो काटेर तत्काल नै सडक सुचारु गराउन समस्या देखिएको सुपरभाइजर शेरचनले बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.