www.tandavnews.com
Fact ~ In search of truth

मेडिलिङक होम कियर अब घरघरमा

पोखरा / ताण्डव न्यूज ।

मेडिलिङक होम कियरले एक कलमै हस्पिटलको सम्पूर्ण सेवा सुविधाहरु घरमा आएर दिने व्यवस्था गरेको छ । मेडिलिङक होम कियरको बारेमा जानकारी दिने उद्देश्यले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै मेडिलिङक होम केयरका सञ्चालक उत्तम खतिवडाले बच्चादेखि बृद्धासम्मलाई आफ्नै घरको सुविधायुक्त वातावरणमा रेखदेख गरी सेवा उपलब्ध गराउने उद्देश्यले होम केयर सञ्चालनमा ल्याएको जानकारी दिए ।

Batas

उमेर ढल्कदै जाँदा विभिन्न स्वास्थ्य समस्याहरु देखापर्दैै जाने हुँदा मेडिलिङकले डाक्टरी सेवा, नर्सिङ सेवा, फिजियोथेरापी सेवा मेडिकल सामग्रीहरु भाडामा तथा बिक्री साथै प्रयोगशाला सम्बन्धी सेवाहरु उपलब्ध गराउन लागेको जनाए ।

पोखरामा सुरु गरेको ७ महिनामा मेडिलिङक होमले हालसम्म १२ जना बिरामीहरुलाई घरमा नै गएर सेवा उपलब्ध गराइसकेको छ । सहरमा मात्र नभई गाउँ–गाउँसम्म मेडिलिङकले सेवा पु¥याउने लक्ष्य लिएको आयोजकले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.