www.tandavnews.com
Fact ~ In search of truth

मेलोडीको न्यू सर्भिस : मेलोडी नाइन्टी नाइन स्किम

पोखरा।

मेलोडी क्याफे एण्ड लाउञ्ज वार नयाँ व्यवस्थापन र स्वरुपका साथ सञ्चालनमा आएको छ ।

अहिले प्रि ओपनिङका रुपमा सञ्चालन भइरहेको क्याफे भाद्र १ देखि औपचारिक रुपले पुर्ण रुपमा सञ्चालनमा आउने शनिबार पोखरामा क्याफेका बारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा क्याफेका अध्यक्ष सुरेश पहारीले जानकारी दिए । उनले बदलिंदो समय, ग्राहकको रोजाइमा देखिएको परिवर्तनलाई मध्यनजर गर्दै मेलोडी क्याफे एण्ड लाउञ्ज बारलाई परिमार्जन गरि सञ्चालनमा ल्याउन लागेको बताए ।

१ करोड रुपैयाको लागतमा सञ्चालनमा आएको क्याफेमा पोखराका युवा व्यवसायीहरुको लगानी रहेको छ । यसअघि मेलोडी क्याफेकै संस्थापक सदस्य रहेका गायक विनोद वानिया, होटल व्यवसायी तथा चलचित्र निर्माता सुरेश पहारी र फ्रेञ्चाइजी रेष्टुरेण्ट बाजेको सेकुवा पोखराका सञ्चालक एकराज गिरीको क्याफेमा लगानी रहेको छ ।

‘विशेषगरि पोखराको केन्द्र मानिने चिप्लेढुङ्गा महेन्द्रपुल क्षेत्रमा यस व्यवसायमा देखिएको सुस्ततालाई जगाउने गरि हामीले क्याफेको सञ्चालन गरेका छौ’ क्याफेका सञ्चालक एकराज गिरीले भने ‘हामीलाई विश्वास छ हामी ग्राहकको मन जित्न सक्षम हुनेछौं ।’

विगतमा साँझ मात्रै गजल रेष्टुरेण्टका रुपमा सञ्चालित क्याफे अब विहानको ब्रेकफास्टबाटै खुल्ला रहने छ । नयाँ व्यवस्थापन आएपछि क्याफे विहानको ब्रेकफास्ट तथा दिँउसोको खाजाका लागि पनि खुल्ला रहने क्याफेका सञ्चालक गायक विनोद बानियाले जानकारी दिए ।

‘परिकारमा मिठासको मेलोडी, जमघटमा अविस्मरणिय मेलोडी, संगीतमा पुर्नतार्जगीको मेलोडी हाम्रो प्रयास रहने छ ।’ क्याफेका सञ्चालक गायक वानियाले भने ‘व्यवसायसंगै सामाजिक उत्तरदायित्वका कामलाई पनि हामीले प्राथमिकतामा राखेका छौं ।’

उनले क्याफेले प्रदान गर्दै आएको मेलोडी अवार्ड भदौ महिनामा प्रदान गर्ने गरि तयारी थालिएको पनि जानकारी दिए । संगीतमा साधनारत स्रष्टाको सम्मानका लागि स्थापित मेलोडी अवार्डबाट यसअघि गीतकार तीर्थ तामाङ, संगीतकार सुनिल थापा सम्मानित भइसकेका छन् ।

क्याफेको शुभारम्भको अवसरमा हरेक साँझ ख्याती प्राप्त कलाकारहरुका साथ लाइभ म्युजिक रहने छ । दैनिक सांगितिक कार्यक्रमका लागि संगीतमार्फत पोखरालाई चिनाउन सफल गायक विनोद वानिया, इतु जोजिजु लगायतका कलाकारको प्रस्तुती रहने छ ।

क्याफेले कार्यलय र काममा व्यस्त रहने ग्राहकलाई मध्य नजर गरी मेलोडी नाइन्टी नाइन स्किम पनि ल्याएको छ । जसमा खाजाको प्याकेज जम्मा रुपैया ९९ मा उपलब्ध हुने क्याफेका सञ्चालक एकराज गिरीले जानकारी दिए । भाद्र १ देखि ७ गते सम्म शुभारम्भको मिति तोकेको क्याफेले यस अवधीमा ग्राहकलाई मेनुमा विशेष छुट तथा सांगितिक कार्यक्रममा ग्राहकका रोजाइका कलाकारलाई निम्त्याउने जनाएकोछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.