www.tandavnews.com
Fact ~ In search of truth

मेसुका कपको उपाधी धरमलाई

पोखरा ।

धरमबहादुर लामिछानेले पोखरामा सम्पन्न मेसुका कप मन्थ्ली टेनिस प्रतियोगिताको उपाधी जितेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा मेसुका स्पोर्टसको संयोजनमा पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा धरमले गोपीबहादुर भट्टराईलाई ६–४ र ६–३ को सहज सेटमा पराजित गर्दै सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

Batas

यो संगै धरमले प्रतियोगिताको अघिल्लो संस्करणमा व्यहोरेको पराजयको बदला समेत लिएका छन् । डिफेण्डीङ च्याम्पियन गोपीले अघिल्लो संस्करणमा धरमलाईनै फाइनलमा सुपर टाईमा पराजित गर्दै उपाधी जितेका थिए ।

प्रतियोगिताका विजेता तथा उपविजेताले नगद तथा ट्रफि पुरस्कार प्राप्त गरेका छन् । विजेता खेलाडीहरुलाई प्रदेश नम्बर ४ का प्रहरी प्रमुख नेपाल प्रहरीका एआइजी कमलसिंह बम, जिल्ला प्रहरी कास्कीका कार्यालयका प्रमुख अशोक सिंह, भारतिय पेन्सन क्याम्पका कर्णेल प्रतिक शर्मा लगायतले पुरस्कार वितरण गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.