www.tandavnews.com
Fact ~ In search of truth

मेहन्दी र चुरा रौनक (फोटो फिचर)

पोखरा,
ताण्डव न्युज ।

भगवान शिवजीको जन्म महिना (साउन) सुरु भएसंगै पोखराको ब्यस्त बजार महेन्द्रपुल र चिप्लेढुङ्गा क्षेत्रमा हरियो चुरा तथा मेहन्दी लगाउनेको भिड देखिन्छ ।

विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गर्दछन् ।

हरियो रंग, प्रेम र वातावरणको प्रतीक मानिन्छ । हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रूपमा पनि लिन सकिन्छ । हातमा सुन्दर मेहन्दीको लगाउनु पनि पछिल्लो समय साउन महिनाको विशेषताको एक हिस्सा बनेको छ । हातमा कसैको नाममा लगाएको मेहेन्दीको रङ्ग गाढा भए माया गाढा हुन्छ भन्ने विश्वास राखिन्छ ।

यस महिनामा हिन्दुनारीहरु शिवजीको नाममा ब्रत समेत बस्ने गर्छन ।

तस्बिर :सुशान्त गाहा मगर

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.