पोखरा
ताण्डव न्युज ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले स्थापना गरेको नेपाल मगर पत्रकार संघ कास्कीद्धारा सञ्चालित मौलिक कौराहा पत्रकारिता पुरस्कार छनोट समिति गठन भएको छ । पोखरामा भएको एक भेलाले रुद्र श्रीसमगरलको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरेको हो ।
जसको सदस्यमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष नरमाया आलेमगर तथा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रुद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर पदेन सदस्य रहेका छन् ।
उक्त पुरस्कार आगामी जेठ २५ गते पूर्वान्ह १० बजे पोखरा ग्राण्डमा वितरण गरिने छ । पुरानो बिषय र मौलितालाई उजागरण गर्दै पत्रकारिता गर्ने पत्रकारलाई हौसला स्वरुप यो पुरस्कार स्थापना गरिएको हो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.