www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणमा पाँच करोड विनियोजन

म्याग्दी । 

म्याग्दीका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी पदमार्गलगायतका पूर्वाधार निर्माणमा सो बजेट विनियोजन गरेको हो ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सङ्घ सरकारले बजेट विनियोजन गरेका योजनाको बारेमा जानकारी दिए। घोडेपानी–मोहरेडाँडा पदमार्ग, पुनहिल पूर्वाधार, रुइसे धवलागिरि आइसफल पदमार्ग, धवलागिरि चक्रिय पदमार्ग, गुर्जा हिमाल पदमार्ग, तातोपानी कुण्ड, ताकमकोत पुनःनिर्माण र गलेश्वरलाई रु ५० लाख विनियोजन भएको छ ।

Batas

बेनी–टोड्के–मालिका पदमार्गलाई रु ५० लाख, अन्नपूर्ण पदमार्गलाई रु ४० लाख, भकिम्ली बेलढुङ्गा पदमार्गलाई रु १० लाख विनियोजन भएको छ । यसैगरी गण्डकी प्रदेशका सांसद विनोद केसीले गत वर्ष शुरु भएका र विगतमा ठेक्का लागेका खानेपानी, सडक आयोजनालाई पूर्णता दिन यसपालि प्राथमिकताका साथ बजेट विनियोजन भएको बताए ।

सङ्घीय सांसद थापाले योजना तथा कार्यक्रम छनोटमा भौगोलिक सन्तुलन मिलाएको बताउनुभयो भने प्रदेश सांसद केसीले प्रदेश र सङ्घका योजना कार्यान्वयनमा स्थानीय तहले बेवास्ता गरेको गुनासो गरे । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले स्थानीय तहका योजना अनुगमनका लागि विवरण मागे पनि उपलब्ध नगराएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाबीच योजना छनोटदेखि कार्यान्वयनमा समन्वय हुनुपर्ने विचार राखे ।

बसपार्कमा यात्रु सहायताकक्ष स्थापना

म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायताकक्ष स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरी कार्यालय परिसरमा सहायताकक्ष स्थापना गरेको हो ।

दशँै, दिपावली तथा छठ पर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले उनीहरूलाई पर्ने समस्या समाधान तथा गुनासो सुनुवाइ गर्न सहायताकक्ष स्थापना गरेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताउनुभयो । सहायताकक्षमा चौबिसै घण्टा सुरक्षाकर्मी खटिनेछन् ।

कालीपुल बसपार्कबाट म्याग्दीबाट लामो तथा छोटो दूरीका सवारी साधन छुट्ने गर्छ । तोकिएभन्दा बढी भाडा लिने, यात्रुलाई अलपत्र पार्ने, गाडी नपाउनेजस्ता समस्यामा परेका यात्रुले सहायताकक्षमा गुनासो गर्ने व्यवस्था मिलाइएको छ । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.