www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर घुस सहित पक्राउ

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले ३४ हजार घुस सहित डिभिजन वन कार्यालय म्याग्दीका एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय म्याग्दीमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुर सेवाग्राहीवाट घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन । बेनी नगरपालिका ७ स्थित सव डिभिजन वन कार्यालयमा रहेको आवस गृहको पुजा कोठामा काठ सम्बन्धी मुद्धा मिलाइदिने भन्दै उहाँले सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ ।

अख्तियारको टोलीले आवश्यक कारवाहीका लागि हिजै बिहिवार अधिकृत ठाकुरलाई पोखरा ल्याएको छ । नेपाल कम्युनिष्ट (नेकपा) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको सुचनाको आधारमा अख्तियारको टोली बेनी गएको हो । काठ मुद्धा मिलाइदिने भन्दै एक सेवाग्राहीलाई अधिकृत ठाकुरले पैसा मागेपछि ति सेवाग्रहीले विद्यार्थी नेतालाई सूचना दिएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.