www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको रघुगङ्गामा ‘एक घर एक धारा’

बेनी।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ ।

गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो । चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा गाउँपालिकामार्फत ५५ लाख बजेट विनियोजन भएको छ भने प्रदेशसभा सदस्य विनोद केसीको पहलमा प्रदेश सरकारबाट ५० लाख विनियोजन भएको वडाध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।

स्थानीयस्तरमा रहेका खानेपानीका मुहान संरक्षण र स्रोतलाई एकीकृत गरी हरेक घरमा खानेपानी उपलब्ध गराइने भएको छ । उपभोक्ता समितिले आयोजनाको ट्याङ्की निर्माण र पाइपलाइन विस्तार गर्न थालेको छ । विभिन्न नौ ठाउँमा ट्याङ्की निर्माण गरी छरिएर रहेका खानेपानीका स्रोतलाई एकीकृत गरी घरघरमा खानेपानी पुर्याउने लक्ष्यसहित आयोजना शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष भेषबहादुर भण्डारीले जानकारी दिए ।

Batas

हरेक ट्याङ्की ३० हजार लिटर क्षमताका रहनेछन् । यस आयोजनाबाट भगवतीका ९५० घरधुरीका चार हजारभन्दा बढीमा शुद्ध खानेपानी उपलब्ध गराइने लक्ष्य छ । गाउँपालिकामार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा अध्यक्ष भण्डारी र प्रदेश सरकारमार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा मित्रलाल सुवेदीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएर निर्माण कार्य शुरु गरिएको वडा कार्यालयले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.