www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा गएराती खसेको पहिरोले सडक अबरुद्ध

पोखरा,
ताण्डव न्यूज ।

म्याग्दीमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली भट्टी नजिकै पहिरो गएको हो । बेनी–कोराला सडक खण्डमा पर्ने उक्त क्षेत्रमा पहिरो जादाँ सवारी आवात जावात ठप्प भएको हो ।

Batas

आज बिहानैदेखी सडक खुलाउने काम भइरहेको स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए । उनले भने, ‘बिहानैदेखि सडक खुलाउने काम भइरहेको छ ।

पहिरोका कारण सिधा सवारी आवगमन ठप्प भएपनि केहि समयमै सडक खुल्नेछ ।’ सडक अबरुद्ध भएकै कारण सयौँ यात्रुहरु अलपत्र परेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.