www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा नेकपाको पार्टी संयन्त्र

बेनी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले म्याग्दीमा पार्टी संयन्त्र गठन गरेको छ ।

पार्टी केन्द्रको निर्देशन अनुसार जिल्ला कमिटी गठन नहुँदासम्म पार्टी गतिविधिलाई अगाडि बढाउन जिल्ला देखि स्थानीय तहसम्मको संयन्त्र निर्माण गरिएको हो ।

Batas

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको जिल्ला संयन्त्रको बिहीबार हिजो बसेको बैठकले जिल्लाको छ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरेको नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले जानकारी दिए ।

पार्टीको जिल्ला संयन्त्रमा साविकका दुवै पार्टीबाट पाँच÷पाँच जनालाई राखिएको छ । नेकपाका गण्डकी प्रदेशका सह इञ्चार्ज खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीको उपस्थितिमा बसेको बैठकले संयन्त्र गठन गरेको हो ।

जिल्ला पार्टी संयन्त्रमा साविक एमालेबाट प्रतिनिधिसभाका सांसद थापा, हरिकृष्ण श्रेष्ठ, देवेन्द्रबहादुर केसी, बालकृष्ण सुवेदी, देवबहादुर घले रहेका छन भने साविक माओवादी केन्द्रबाट पूर्वसांसद गोविन्द पौडेल, शेरबहादुर केसी, रेशम जुग्जाली (सुविन), देवराज सुवेदी र टेकबहादुर विश्वकर्मा रहेका छन ।

आगामी मङ्सिर ८ गते बृहत कार्यकर्ता भेला गर्ने निर्णय भएको सांसद थापाले जानकारी दिए।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.