www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा विद्यालय भवन पुनःनिर्माण

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले समुदाय स्तरबाट करोडौँ रुपैयाँ सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण गरेका छन् ।

सरकारी निकाय, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा पुगेका शिखका बासिन्दाको  तीन करोड २८ लाखको लागतमा १७ कोठे दुई वटा भवन पुनःनिर्माण भएको हो ।

Batas

२०७२ को भूकम्पले चर्काएको र भत्काएको भवन पुनःनिर्माणमा सरकारी निकायको तुलनामा समुदायको लगानी बढी रहेको व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले बताए ।

तत्कालीन जिविस, गाविस र शिक्षा कार्यालयको ६६ लाख, दाताको एक करोड ६६ लाख र समुदायको ९६ लाख रुपैयाँमा विद्यालय भवन नयाँ बनेकोे हो ।
दुई वटै भवन अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी क्षमताका छन् । २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण विद्यालयको पुरानो कक्षा कोठा भवन जीर्ण बनेपछि विद्यार्थी जोखिम मोलेर पढ्दै आएका थिए ।

गत वर्ष सरकारी निकायको  ५० लाख अनुदान र समुदायको  ९० लाखको लागतमा छकोठे भवन निर्माण भएको थियो ।ब्रिटिस गोर्खा वेयलफेयरको रु एक करोड ६६ लाख सहयोगमा यस वर्ष आठकोठे अर्को भवन पुनः निर्माण गरिएको अध्यक्ष बुद्धुजाले बताए।

गत वर्ष निर्माण भएको आठकोठे भवनमा यसपालि जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको १६ लाख र समुदायको ६ लाख रुपैयाँ बराबरको सहयोगमा तीन वटा कोठा थप गरिएको छ ।

पोखरा, काठमाडौं र प्रवासमा रहेका शिखका बासिन्दा तथा पूर्व विद्यार्थीहरुले विद्यालय भवन पुनः निर्माणमा सहयोग गरेका प्रधानाध्यापक केदार कार्कीले बताए ।

कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा १ सय ९१ जना विद्यार्थी छन् ।रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.