www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी कोरला यातयातमा सरर… पोखरा, बेनी हुँदै जोमसोमसम्म

पोखरा,
ताण्डव न्यूज ।

म्याग्दी कोरला यातयात प्रालिले पोखराबाट बेनी हँुदै जोमसोम सम्मको लागि बस सञ्चालनमा ल्याएको छ । कोरला यातायात प्रालिले बिहीबार पोखरामा पत्रकार सम्मेलन गदै नयाँ बस सहित कार्यालयको उद्घाटन ग¥यो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पदम गिरीले कोरला नाका सञ्चालनमा आएसँगै त्यसले पर्यटक बृद्वि साथै छिमेकी राष्ट्रबाट सामान नेपाल भित्र्याउन सजिलो हुने बताए । ‘सारा युवा सक्रिय भएर व्यवसायमा जोडिनुपर्छ,’ उनले भने, ‘युवा व्यवसायमा बढ्दै गए अवश्य देशको विकास हुन्छ ।’

Batas

गण्डकी प्रदेशका राजीव पहारीले युवापुस्ताले सञ्चालन गरेको व्यवसायमा निरन्तरतासँगै नविनता पनि जरुरी रहेको छ, भन्दै शुभकामना व्यक्त गरे ।

कोरला यातायात प्रालिका सञ्चालक नरेश रोकायाले ग्राहकहरुको मध्ये नजर गदै सेवा सुविधा दिन सकिने उद्देश्यले म्यादी कोराला यातायात सञ्चालनलाई अघि बढाएको जनाए ।

प्रदेशकै प्रदेश सभा सदस्य मुस्ताङका जनप्रतिनिधी ईन्द्रधारा बिष्टले प्रालिबाट नागरिकको गुनासो नआउने गरि सेवा पाउन आफू विश्वस्त रहेको जानकारी दिए ।

आजबाट (बिहीबार) नियमित रुपमा मुस्ताङकालागि सुविधासम्पन्न गाडी छुटेको छ ।

बेनी काठमाडौंका लागि ३० सिटको बस पनि सञ्चालनमा आएको छ । पोखरा देखि मुक्तिनाथको लागि १३ सय ५० रुपैयाँ, जोमसोमको लागि ११ सय रुपैयाँ, तातोपानिको लागि ५ सय र बेनिकाे लागि २ सय ५० भाडा रहेको छ ।

प्रकाश पौडेल, नरेश रोकाया, मोहन केसी, सुरज केसी, अर्जुन आचार्य, धनकुमार पुन, नगेन्द्र केसी लगायतले म्याग्दी कोरला यातायात सञ्चालनमा ल्याएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.