www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी खानीगाउँका घरघरमा पिउनेपानी

बेनी  ।

म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा पिउने पानीको सुविधा पुगेको छ ।

‘एक घर, एक धारा’अन्तर्गत घरघरमा पिउने पानी उपलब्ध भएपछि स्थानीयवासी हर्षित भएका छन् ।पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना मार्फत बफुवाखोला पिउने पानी तथा सरसफाइ आयोजनाले ५८ घरमा पिउने पानी उपलब्ध गराएको हो ।

Batas

उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालका अनुसार कूल रु ६७ लाख ६७ हजारको लागतमा सो आयोजना निर्माण सम्पन्न गरिएको हो । स्थानीयवासीले ६ महीनासम्म रु १८ लाख ९४ हजार बराबरको श्रमदान समेत गरेका थिए ।

आयोजना निर्माण गर्न नेपाल सरकार र फिनल्याण्ड सरकारले रु २० लाख ९७ हजार लगानी गरेका थिए । मङ्गला गाउँपालिकाले रु ६ लाख ७६ हजार सहयोग गरेको थियो । मुहानदेखि घरघरमा धारा विस्तार गर्दा करीब १४ किलोमिटर पाइपलाइन स्थानीयवासी खनेका थिए ।

आयोजना निर्माण भएपछि अहिले १३ मुख्य तथा सहायक ट्याङ्की मार्फत घरघरमा पिउने पानीको सुविधा पुर‍‍्याइएको छ । विगतमा पिउने पानीका लागि कुवामा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । “पहिले एक गाग्री पानी ल्याउन घण्टौँ समय खेर फाल्नुपथ्र्यो,” स्थानीयवासी आरती कुमारी शेरचनले भने।

यसैबीच बरङ्जाको दुर्दीमा समेत भित्रीवन पिउने पानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । वास परियोजना मार्फत रु ७० लाख तीन हजारको लागतमा निर्माण भएको सो आयोजनाबाट मङ्गला गाउँपालिका–४ दुर्दीका ६८ परिवार लाभान्वित भएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिए ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.