www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी र मुस्ताङका विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

गलेश्वर ।

हाम्रो माया नेपाल जर्मन र स्वयंसेवा नेपाल नामक संस्थाले म्याग्दी र मुस्ताङ जिल्लाका ४० आधारभूत विद्यालयलाई २० लाख रुपैयाँ मूल्य बराबरका स्टेशनरी सामग्री सहयोग गरेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आयोजित झोला र स्टेशनरी सामग्री वितरण कार्यक्रममा हाम्रो माया नेपाल जर्मनका सदस्य नाविङ कुरुसले झोला र स्टेशनरी सामग्री वितरण गर्दै दुई जिल्लाका ४० सामुदायिक विद्यालयमा २० लाख रुपैयाँ मूल्यका स्टेशनरी सामग्री वितरण गरिएको बताए ।

सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–३ दाना र वडा नं ४ नारच्याङका–८ विद्यालयमा अध्ययनरत करीब दुई हजार विद्यार्थीलाई झोलासहित स्टेशनरी सामग्री वितरण गरिएको सहयोगी संस्था स्वयंसेवा नेपालका कोषाध्यक्ष विशाल गुरुङले जानकारी दिए ।

कोषाध्यक्ष गुरुङले दिएको जानकारीअनुसार हाम्रो माया नेपाल जर्मनसँगको सहकार्यमा स्वयंसेवा नेपालले देशका विकट ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई झोलासहित स्टेशनरी सामग्री सहयोग गर्दै आएको छ ।

अहिलेसम्म नेपालका १० हिमाली र पहाडी जिल्लामा सहयोग सामग्री वितरण गरिसकेको कोषाध्यक्ष गुरुङले जानकारी दिए । विपन्न, दलित र जनजाति समुदायका बालबालिकाले अध्ययन गर्ने दुर्गम जिल्लाका ग्रामीण भेगमा रहेका विद्यालयलाई सहयोगस्वरुप स्टेशनरी सामग्री वितरण गरिएको उनको भनाइ थियो ।

स्टेशनरी सामग्री प्राप्त भएपछि दुर्गम ठाउँका विपन्न परिवारका बालबालिकालाई पढाइमा सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका तीन दानाका वडाध्यक्ष नरसिंंहबहादुर पुर्जाले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.