www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी : सडक विस्तार आयोजना शुरु

बाबियाचौर, म्याग्दी (रासस)

म्याग्दीको रघुगंगा गाउँपालिकाको झीँ–पाखापानी सडकलाई दुई लेनको बनाउन आयोजना शुरु भएको छ ।

रघुगंगा गाउँपालिकाले बेनपा–१० पात्लेखेतको सिमानादेखि वडा नं ५ झीँ हँुदै ६ नं वडा पाखापानी जोड्ने फराकिलो बनाउन रु ७५ लाखको लागतमा आयोजनाको काम शुरु गरेको हो । झीँको सिमानादेखि पाखापानीको ठोकलाखोला सम्मको नौ किलोमिटर सडकलाई दश मिटर फराकिलो बनाउने, नाली, पर्खाल, सोलिङ र कजवे निर्माणका लागि दुई वटा प्याकेजमा छुट्टाछुट्टै आयोजना सञ्चालन गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
रु ३५ लाख ४० हजारको लागतमा झीँ खण्डको पाँच किलोमिटर र ४० लाखको लागतमा पाखापानी खण्डको चार किलोमिटर १७५ मिटर सडक स्तरोन्नति गर्न उपभोक्ता समितिले काम तीव्र बनाएका छन् ।

Batas

पहिलो चरणमा डोजर प्रयोग गरेर फराकिलो र नाली बनाइएको सडकमा उपभोक्ताले श्रमदान गरेर सोलिङ, कजवे, ग्यावियन र रिटेनिङ वाल लगाउने काम गरिरहेका झीँ खण्डको उपभोक्ता समितिका अध्यक्ष गोविन्द पाइजाले बताउनुभयो । उहाँका अनुसार साबिकका वडाका प्रत्येक घरधुरीलाई एक, एक दिनका लागि श्रमदानमा सहभागी बनाइएको छ । पाखापानीतर्फ झीँको सिमाना फुलडाँडादेखि झिगरुक, हुनचेन, पाखापानी, कमनाथ हुँदै ठोकलाखोला सम्मको सडक पहिलो चरणमा डोजर लगाएर फराकिलो र कुनातर्फ कच्ची नाली बनाउने काम सकिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.