www.tandavnews.com
Fact ~ In search of truth

म तपाईंहरुकै सेवक हुँ, मन नपरे फेर्न सक्नुहुन्छ :सांसद पहारी

पोखरा ।

गुरुङ समुदायको महान चाड ‘ल्होसार’ नजिँकिदै छ । धुमधामसँग ल्होसार मनाउँने तयारी गरिदैं छ । ल्होसारको शाब्दिक अर्थ हो, ‘ल्हो’ वर्ग, ‘सार’ पालुवा । यसर्थमा वर्ग फेरिएर नयाँ वर्गमा प्रवेश गर्नु ल्होसार हो । कुकुर, चरा, मृग आदि गरि १२ वर्ग रहने प्राचिनकाल देखिको विश्वास छ । ल्होसारमा कुकुर वर्गबाट मृग वर्गमा प्रवेश गरिने प्राचिन भनाई छ ।

नेपाली र अङ्ग्रेजी नयाँ वर्ष जस्तै ल्होसार पनि गुरुङ समुदायको नयाँ वर्ष हो । यस्तै, ल्होसारको छेको पारेर अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा मेलाको आयोजना गरिएको छ । ‘१७ औं सेन्चुरी ल्होसार मेला’ । ल्होसारलाई जोगाइ राख्न मेलाको आयोजना गरेको आयोजकको भनाई छ ।

म तपाईंहरुकै सेवक हुँ, मन नपरे फेर्न सक्नुहुन्छ  :राजिव पहारी

मेलाकोे उद्घाटन गर्न पुगेका थिए गण्डकी प्रदेशका सांसद राजिव पहारी । मेलाको उद्घाटन गर्दै सांसद पहारीले ल्होसार गुरुङ समुदायको मात्र नभई सम्पूर्ण नेपालीको चाड भएको बताए । ‘हाम्रो देश ४ जात ३६ वर्णको फूलबारी हो,’ उनले भने, ‘सबैले सबै जाति प्रति सद्भाव राख्नुपर्छ ।’ गुरुङहरुको सँस्कृति झल्काउँने म्युजियम स्थापना गर्न आवश्यक रहेको उनले सुनाए । साथै, त्यसको लागि आफूँ सक्दो सहयोग गर्ने उनले बचन बद्धता व्यक्त गरे ।

आफूँलाई मन नपरेको खण्डमा फेर्न सकिने उनले सुनाए । ‘तपाईंहरुको शुभेच्छा र महत्वपूर्ण भोट पाएर चुनाव जिते । तपाईंहरुको सेवा गर्न भनेर आएको हुँ,’ उनले भने, ‘सेवक भनेको सेवा गर्ने हो । सेवक ले सेवा नै नगरे के काम ? यदि मैले सेवा गर्न सकिन भने । मलाई फेर्न पनि सक्नुहुन्छ ।’ विकासका लागि कुनै कसुर बाँकि नराख्ने उनको भनाई थियो ।

छोम्रोङको विकास बेसक्याम्प जाने पर्यटक कुरेर मात्र हुँदैन : स्थानीयबासि

अन्नपूर्ण बेसक्याम्प विश्वकै चर्चित पदमार्गको रुपमा मानिन्छ । छोम्रोङकै छेको पारेर पर्यटकहरु आउँजाउँ गर्छन । यसले छोम्रोङको आर्थिक स्तरमा बृद्धि गरेको छ ।

बेसक्याम्प जाने पदयात्री कुरेर मात्र नहुने गुनासो गरें ।

विकासका लागि ५ करोड ३० लाख

सांसद पहारीले आफ्नो क्षेत्रको विकासका लागि ५ करोड ३० लाखको बजेट छुट्याएको जानकारी दिए । ‘यो सबै पर्याप्त त छैन,’ उनले भने, ‘तै पनि विकास निमार्णको महत्वपूर्ण फड्को हो ।’ यस क्षेत्रको विकासका निम्ति सधैं लागि पर्ने उनको भनाई थियो । विकासको निम्ति पहल गरेको भन्दै स्थानीयले उनलाई सम्मान पनि गरेका थिए ।

सँस्कृति जोगाउँन खेल

मेलामा विभिन्न खेलकुद र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । युवाहरुलाई सक्रिय बनाउँन पनि मेलाको आयोजना गरेको आयोजकको भनाई छ । मेलामा पुरुष बास्केटबल, महिला तथा पुरुष भलिबल, प्रौढ भलिबल जस्ता खेलको आयोजना गरिएको छ । बास्केटबल तर्फ प्रथम पुरस्कार ६० हजार द्वितिय पुरस्कार ४० हजार, त्यसैगरि भलिबल महिलातर्फ प्रथम पुरस्कार ५० हजार द्वितिय पुरस्कार ३० हजार तोकिएको कार्यक्रमका संयोजक राजकुमार गुरुङले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.