www.tandavnews.com
Fact ~ In search of truth

यसरी बन्दैछ पोखरामा फुटबल स्टेडियम (१३ तस्बिरमा हेर्नुहोस्)

पोखरा
ताण्डव न्यूज ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले २०७५ साल फागुन २६ गते शिलान्यास गरेका पोखरा फुटबल स्टेडियमको काम धमाधम भैरहेको छ ।

आगामी मंसिर १५ देखी २४ गते सम्म नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबलका लागि लक्षित गरि निर्माण कार्य तिब्र पारिएको हो ।

Batas

ग्रेट स्पोर्टस् ईन्फ्रा प्राईभेट लिमिटेड र एमए कन्ट्रक्सन प्राईभेट लिमिटेडले उक्त स्टेडियमको निर्माण गरिरहेको छ ।

आगामी कात्तिक १५ गते सम्म सम्पन्न गर्ने सम्झौता रहेको उक्त स्टेडियम कुल १ अरब २८ करोड २२ लाख १८ हजार १ सय ७४ को लागतमा बन्नेछ ।

उक्त स्टेडियममा ६८ मिटर चौडाई र १ सय ५ मिटर लम्बाईको फुटबल मैदान, १६ हजार ५ सय दर्शक क्षमताको ग्राण्ड स्ट्याण्ड प्याराफिट, ८ लेनको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक बन्नेछ ।

त्यस्तै आईएएफ मापडण्ड अनुसारको एथ्लेटिक्स सेन्थेटिक ट्रयाक र प्याराफिटमा भिभिआईपी, भिआईपी, मिडिया कक्ष हुनेछ भने त्यसको साईडमा प्रि–ईन्जिनियरिङ्ग बिल्डिङ, खेलाडीको चेन्जिङ रुम र मिडिया कन्फेरेन्स हल हुनेछ ।

तस्बिर : सुशान्त गाहा मगर/ताण्डव न्यूज

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.