www.tandavnews.com
Fact ~ In search of truth

यसरी रह्यो ठाउँका नामहरु

विनिता सुनार
पोखरा, ताण्डव न्यूज । 

पोखरामा आज भन्दा धेरै वर्ष पहिला भयानक भूकम्प आएको थियो । त्यसले अन्नपूर्ण पनि स्याइल आएर गण्डकी नै पूरै बन्द भयो ।

त्यसले झन्डै चार किलोमिटर ताल जम्मा भयो । तिन चार महिनापछि ब्लक भएको त्यो ताल फुट्यो र पोखरा बजारमा बाढी आयो र पुरै छोपियो । त्यसपछि पोखरामा धेरै ठाउँमा पोखरी भए र पोखरी – पोखरी सुकेर भनेको भएर पोखरा भनिएको हो ।

Batas

महेन्द्रपुलः

महेन्द्र राजाको पालामा निर्माण गरिएको पुल हुनाले त्यस पुलको नाम महेन्द्रपुल रहन गएको हो ।

बगर:

धेरै पहिला यहाँ धेरै पोखरी, तालहरु थिए । त्यसैले यहाँ धेरै ढुङ्गाहरु बगाएर ल्याउँथ्यो । ढुङ्गाको धेरै बगर भएकाले यो ठाउँको नाम बगर हुन पुगेको हो ।

नालामुखः

राणाकालमा पानीको सुविधाको लागि जयमुलदेखि नालाबाट पानी ल्याएर यस ठाउँमा ढुङ्गे धारा बनाइएको थियो । जसले गर्दा यस ठाउँलाई नालाको मुख भनि नामाकरण गरिएको हो ।

केआइ सिंह पुलः

केआइ सिंह प्रधानमन्त्री रहँदाको समयमा यस सेती नदी माथि पुल बनाइएको थियो । जसले गर्दा त्यस पुलको नाम केआइ सिंहपुल रहन गएको हो ।

रामकृष्ण टोल: 

रामकृष्ण लिगलले व्यापारमा सघाएका ११ छोराहरुलाई एकै किसिमको घर बनाएदिएका हुनाले त्यस टोलको नाम रामकृष्ण टोल रहेको हो ।

मोहरिया टोल:

कास्कीका राजाले मोहोर लगाएर बिर्ता दिइएको ठाउँ हुनाले त्यो ठाउँको नाम मोहरिया हुन पुगेको हो ।

हल्लनचोक: 

रक्सी खाएर मानिसहरु हल्लिदै हिँड्ने हुनाले यस चोकको नाम हल्लनचोक रहन गएको हो ।

मालेपाटनः

पहिला यहाँ ठूलो पाटन ¬(चौर) थियो । टाढा–टाढा बाट यहाँ माले गाई– गोरु चर्न आउथेँ । पाटनमा माले गोरु चर्न आउने भएपछि यस ठाउँलाई मालेपाटन भन्न थालिएको हो ।

पस्र्याङः

धेरै पहिला प्रस्र्याङमा ठूलो ढुङ्गा थियो । ढुङ्गा भएको ठाउँलाई सबैले साँघु भन्थेँ । यहाँ आउने जाने सबैले पर साँघुमा गएर आयो भन्न थालेपछि बिस्तारै त्यहाँको नाम पस्र्याङ रहन गएको हो ।

नदीपुर:

तत्कालीन अवस्थामा यहाँ गण्डकी बग्थ्योँ । यो पुरै तालकै शहर हो, गण्डकी आएको ठाउँमा नदी पुरिएर बनेको ठाउँ भएको हुनाले यसलाई नदीपुर भनिएको हो ।

मिँयापाटन: 

मिँयापाटनमा मुस्लिम समुदायका मानिसहरुको बक्लो बस्ती छ । त्यसकारण त्यस ठाउँलाई मिँयापाटन नामाकरण गरिएको हो ।

अमरसिंह:

ऐतिहासिक अमरसिंह थापाको सम्झानामा उनको श्लोक सहित त्यस ठाउँको नाम पनि अमरसिंह चोक राखिएको हो । पहिला–पहिला यो ठाउँलाई रामघाट भनिन्थ्यो ।

छोरेपाटन :

यहाँ घर बस्तीहरु निकै कम थिए । यहाँ बस्ने बासिन्दाहरुमा गर्मीका कारण औलो लाग्ने हुँदा बासिन्दाहरु यसलाई छोडेर दायाँ–बायाँ लागे । छोडेर रहेको पाटो, छोडेको बस्ती भएको हुनाले यसको नाम छोरेपाटन रहन गएको हो ।

बिरौटा:

बिरौटा बनेको बिरुवा । यसलाई ८४ बिरुवा भनिन्थ्यो, त्यो बिरुवाको चोक भएर त्यस ठाउँलाई बिरौटा नामाकरण गरिएको हो ।

डेभिडफल:

यसको पुरानो नाम फड्के हो । फड्केर जान सकिने ठाउँ भएर त्यसलाई फड्के भनिएको हो । २०१८ सालमा डेभिट भन्ने सुइजरल्याडकी महिला उनको परिवार र कुकुर सहित अहिलेको डेभिफल भन्दा माथि नुहाउन आएका थिए । त्यसै क्रममा माथिबाट खोलेको बाँधले डेभिडलाई बगाएको हुनाले त्यहाँको नाम डेभिटफल नाम रहन गयो । अंगे्रजी नाम भयो बनेर पछि त्यहाँका स्थानीयहरुले पाताले छाँगो नामकरण गरेका थिए ।

राष्ट्रबैंक चोकः

धेरै पहिला यस ठाउँलाई पार्दीको नामले नामकरण गरिन्थ्यो । पछि राष्ट्रबैंकको स्थापना भएसँगै बैंकको नामबाट राष्ट्रबैंक चोक नाम रहन गएको हो ।

(त्यस समुदायमा रहेका विभिन्न व्यक्तित्वहरुसँग सोधपुछ गरी तयार पारिएको )

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.