www.tandavnews.com
Fact ~ In search of truth

यस्तो ठाउँ, जहाँ पढेबापत विद्यालयलाई फोहोर दिनुपर्छ

बच्चाको विद्यालय शुल्कका लागि अब फोहोर लिएर जाने प्रचलन सुरु भएको छ। नाइजेरियाको अजेनगुले लागोस सहरमाबाट यसको थालनी भएको छ।  ३० लाख जनसंख्या भएको अजेनगुले लागोस सहरमा यस कामको थालनीले स्थानीयले राहत महसुस गरेका छन्।

बच्चाको विद्यालय शुल्कका लागि अभिभावकले बोत्तलमा फोहोर बोकेर विद्यालय जानुपर्नेछ। फोहोरको मूल्यअनुसार बच्चाको शुल्कमा घटाइनेछ। यो कार्यबाट दुई कुरामा फाइदा हुनेछ। यसमा अभिभावकलाई बच्चाको पढाइमा हुने आर्थिक भार कम हुनेछ भने, सहरको पर्यावरणीयलाई समेत सफा हुनेछ। अफ्रिकन क्लिन अफ इनिशियटिव र विसाइक्लर्स संस्थाको संयुक्त सहयोगमा यो प्रोजेक्ट मारिट इन्टरनेसनल स्कुलमा सुरु भएको हो। संस्थाले यो योजना अन्य विद्यालयमा पनि सुरु गर्दैछ। यो योजनाबाट स्थानीयहरू खुसी भएका छन्।

अर्थिक विपन्नता भएका बच्चाहरूले शिक्षाबाट वञ्चित हुने अवस्थाबाट यो योजनाले पूर्णरूपले निस्तेज गर्नेछ। यो योजना खुसी व्यक्त गर्दै स्थानीय शेरिफत ओंकुवोले भने, ‘बच्चाको  मासिक शुल्कको लागि कडा संघर्ष गर्दै आएको थिएँ। कैयौँ समय आधा शुल्क दिने गरेको थिएँ। अब यो योजनाले आपूलाई सहज महसुस भएको छ।’ अर्का स्थानीय जेनअनिमायाले यो योजनाले आफ्नो बोझ कम भएको बताए। ‘बच्चाहरूलाई शिक्षाबाट वञ्चित हुनुनपर्ने यो योजनाले आफू पूर्णरूपले खुसी  छु।’ लागोसमा अलावा भारतको पूर्वी राज्य असामको उक विद्यालयमा पनि शुल्कभन्दा फोहोर लिने प्रचलन रहेको छ। एजेन‍्सी 

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.