www.tandavnews.com
Fact ~ In search of truth

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्दैँ

पोखरा ।

यातायात व्यवस्था कार्यालय (सवारी) पोखराले आर्थिक वर्ष २०७३÷७४को तुलनामा गत आर्थिक वर्षमा ११ करोड ४९ लाख ५२ हजार ७ सय २८ रुपैँया बढी राजश्व सङ्कलन गरेको छ ।

सो कार्यालयले आर्थिक वर्षमा ०७३÷०७४ मा ७४ करोड ४४ लाख ९० हजार २ सय ७२ रुपैँया राजस्व सङ्कलन गरेको थियो भने गत आर्थिक वर्षमा ८५ करोड ९४ लाख ४३ हजार रुपैँया राजश्व सङ्कलन गरेपछि सो बराबरको बढी राजश्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको छ ।

Batas

उक्त कार्यालयद्वारा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र मनाङ गरी ६ जिल्लाबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल दर्ता भएका कार्यालयका प्रमुख अच्युतराज रेग्मीले जानकारी गराए । सोअन्तर्गत एक लाख ४० हजार ७३ वटा मोटरसाइकल दर्ता भएका छन् ।

यस्तै कार, जिप, भ्यान, पिकअप गरी २४ हजार ५७३, माइक्रोबस तीन हजार ९ सय २९, मिनीबस, मिनी ट्रक चार हजार १ सय ७६, बस, ट्रक, कन्टेनर, ट्रेक्टर, टिपर र पावर टेलर गरी ६ हजार ३४, डोजर तथा लोडर, क्रेन, रोलर, ग्रेडर, एक्साभेटर गरी ८२६, दमकल दुई र एम्बुलेन्स ८४ वटा दर्ता भएका छन् । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.