www.tandavnews.com
Fact ~ In search of truth

यूएईमा पहिलो हिन्दु मन्दिरको शिलान्यास

ताण्डव न्युज ।
संयुक्त अरब अमिरात ९यूएई० को राजधानी अबु धाबीमा शनिवार पहिलो हिन्दू मन्दिरको शिलान्यास कार्यक्रममा सयौं मानिस सहभागी भएका छन् ।

मन्दिरको निर्माण श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाले गरिरहेको छ । संस्थाका आध्यात्मिक प्रमुख महन्त स्वामी महाराजले करीब चार घन्टाको कार्यक्रमको अध्यक्षता गरेका थिए ।
मुख्य पूजास्थलमा पवित्र इँटाहरू राखिएको थियो ।

यूएईमा भारतीय राजदूत नवदीप सूरीले उक्त अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको एक बयान पढेर सुनाए । प्रधानमन्त्री मोदीको बयानमा १३० करोड भारतीयका तर्फबाट प्रिय मित्र र अबु धाबी क्राउन प्रिन्स शेख मोहम्मद बिन जायद अल नाहयानलाई शुभकामना दिनु उनको सौभाग्य हो भने । मन्दिरको निर्माण कार्य पूरा भएपछि यो मन्दिर सार्वभौमिक मानवीय मूल्य र आध्यात्मिक नैतिकताको प्रतीक बन्ने र यो भारत तथा यूएईको साझा विरासत बन्ने उनले बताए ।

Batas

सूरीले अबु धाबीको मन्दिर वैदिक मूल्यको प्रतीक रहेको बताए ।

प्रधानमन्त्री मोदीको तर्फबाट सूरीले भने, ‘यूएईमा बस्ने ३३ लाख भारतीय र अन्य संस्कृतिका मानिसका लागि मन्दिर प्रेरणाको स्रोत बन्नेछ ।’

अबु धाबीमा मन्दिर बनाउने योजनालाई सन् २०१५ मा मोदीको यूएई यात्राका बेलामा स्थानीय सरकारले स्वीकृति दिएको थियो ।

एजेन्सी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.