www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्रको क्षेत्रमा विद्याजी नै चुनाव उठ्न सक्नु हुन्छ :प्रचण्ड

पोखरा ,
ताण्डव न्यूज ।

केहि दिन अघि मात्रै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट सिकेराउतलाई प्रचण्डसँग तुलना गरेर विभिन्न समझदारी गरे ।

सिके राउतसँग भएका समझदारीको विभिन्न क्षेत्रबाट टिकाटिप्पणी भइरहेका छन् । यहि विषयमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि सिके राउतसँग आफुलाई नजोडेको भए हुने भनेर प्रतिक्रिया दिएका छन् । सोमबार पोखरा विमानस्थलमा पत्रकारहरुसँगको भेटघाटमा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘प्रधानमन्त्री ज्यूले यो विषयमा कुनै योजनामा पहिल्यै बनाएर भनेको जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने, ‘यो कुरा उहाँले तराइ मधेशको एउटा आमसभामा बोल्नु भएको थियो । नेपालमा मेरो नाम लिएर असाधारण निर्णय क्षमता भएको, युद्धपनि गर्न सक्ने, शान्ति पनि गर्न सक्ने, लोकतन्त्रको अभ्यास पनि गर्न सक्ने, देशको नेतृत्व पनि गर्न सक्ने यस्तो एउटै ब्यक्ति उहाँमात्रै हो भनेर बोल्नु हुन्थ्यो बेलामौकामा ।’

केहि दिन पनि ओलीले सिके राउतलाई मुलधारको राजनीतिक सन्दर्भमा आफुलाई जोडेको उनले अनुमान लगाए । ‘अस्तिको मौकामा पनि मुलधारको राजनीतिमा आउने सन्दर्भलाई लिएर उहाँले म तिरै हेरेर भन्नु भो । नभन्या भएनी हुन्थ्यो भन्ने त एउटा कुरा हो । तुलनाहरुसबै लंगडो हुन्छन् क्या । तुलना नग¥या भएपनि हुन्थ्यो गर्दा पनि केहि विग्रिहाल्या जस्तो मलाई चाहिँ लाग्दैन’ उनले भने ।

सिके राउतसँग मिडियामा आएजसरी सम्झौता भएको छैन

तराइमा एउटा पृथकतावादी आन्दोलन चलाइरहेको समुहसँग सरकारले गरेको समझदारी र त्यसको चर्चा परिचर्चा नै अहिलेको मुख्य विषय मिडियामा भएको र मिडियामा आएको जस्तो स्थिती नभएको उनको भनाई छ ।

‘सरकारसँग भएका छलफलहरुमा पनि संविधानको मुल मर्म र भावना अनुसार अनि नेपालको नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डतालाई सम्मान गर्दै र संविधानको भावनालाई सम्मान गर्दै मुलधारको पोलिटिक्समा आउने स्प्रिटमा नै सहमति भएको हो,’ उनले भने, ‘भरखरै जेलबाट छुटेको र सहमति हुने वित्तिकै मधेशति जाँदा आफ्नो समुह सिंगैलाई छलफल गरेर मुलधारमा जाने तयारी नपुगिसकेको हुनाले हिजो जनकपुरमा त्यसखाले प्रस्तुती भएको हो ।’ जनकपुरमा भएको प्रस्तुतीले प्रश्न भने उठेको उनले बताए ।

‘अहिले नै हामीले हतारमा केहि भयो भन्नु भन्दा पनि सरकारको एउटा जिम्बेवारी हुन्छ सबै राजनीतिक प्रवृत्तिहरुलाई समेटेर संविधानको मर्म अनुसार मुलधारको राजनीतिमा ल्याउन प्रयास गर्नु विल्कुल त्यो जायज कुरा हो’ उनले भने, ‘सरकारले त्यसो गर्न पाउँदैन भन्नु हुँदैन । तराइमा एउटा पृथकताबादी आन्दोलन गर्दै रहेको र अझ भोली रहन सक्ने खतरा समेतलाई मध्यनजर गर्दै समयमा त्यसलाई पनि मुलधारको जे पहल गरेको छ । त्यसको उदेश्यमाथी कहिँ कतै संका गर्नुपर्ने जस्तो लाग्दैन । भोली घटनाक्रम सरकारले गरेको सहमति बाहिर जान थाल्यो भने के गर्ने भन्ने निर्णय पनि सरकारसँग सुरक्षित नै छ ।’

यसमा धेरै तरंगित हुनुपर्ने कुरा कारण आफुले नदेखेको उनको भनाई छ । उनले सहमतिमा भाषा दुईअर्थि भयो की भन्ने कुरा उठेको भन्दै त्यस्को चिन्ता नलिन पनि आग्रह गरे । त्यस्तै उनले जनमत संग्रहबारे पनि संविधानले किटेर संसदको दुई तिहाइ बहुमतले निर्णय गर्नुपर्ने उल्लेख भएकाले कसैले भन्दमा जनमत संग्रह नहुने बताए ।

रबिन्द्रको क्षेत्रको निर्वाचन क्षेत्रमा के हुन्छ ?

१३ दिन अघि मात्रै निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको क्षेत्रमा निर्वाचन गराउने विषमा अहिले खासै छलफल नभएको उनले प्रतिक्रिया दिए । रबिन्द्रको क्षेत्रमा निर्वाचन हुने विषयमा जिल्ला पार्टीसँग सल्लाह गरेर मात्र अघि बढ्ने उनले बताए । ‘जिल्ला पार्टीका साथीहरुले के भन्नुहुन्छ भन्ने पनि हुन्छ । परिवारका सदस्य भित्रबाट नै जाँदा राम्रो हुन्छ । राजनीतिक नेतृत्व गर्न सक्ने क्षमता भएको उहाँको जीवन संगिनी पनि हुनुहुन्छ विद्याजी । सबै पक्ष विचार गरेर पार्टीले उचित निर्णय गर्छ,’ उनले भने ।

पार्टी एकता केहि दिनमै टुंगिन्छ

पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा रहेको उनको भनाई छ । ‘हामी पार्टी एकिकरणको विषयलाई अन्तिम रुप दिँदै छौँ । हामी त्यसलाई टुंग्याउने हिसाबले तयारी गरिरहेका छौँ ढिलो पक्कै पनि केहि भएकै हो,’ उनले भने, ‘ढिलो हुनुको कारणले केहि प्रश्नहरु, तल अन्योलहरु भएकै छ । महसुस गरिएकै छ । तर,माथि ठुलो समस्या परेर भन्दा पनि कयौँ प्राविधिक कारणले र कतिपय विषय अलि बढि नै गृहकार्य गर्नुपर्ने कारणले ढिलो हुन गएको हो । अब ढिलो हुँदैन । केहि दिन भित्रमा टुंग्याउनेमा जाँदैछौँ ।’

प्रचण्डको नक्कल गरेर विप्लब पार लाग्दैन

भूमीगत सैलीमा विभिन्न अराजनीतिक गतिविधि समेत गर्दैै आएको विप्लब माओवादीलाई मुलधारको राजनीतिमा आउन प्रचण्डले आग्रह गरेका छन् । भूमीगत सैलीमा विभिन्न अराजनीतिक गतिविधि समेत गर्दैै आएको विप्लब माओवादीलाई मुलधारको राजनीतिमा आउन प्रचण्डले आग्रह गरेका छन् ।

‘जसरी सरकारले पृथकताबाद तिर गएकोलाई वार्ता, सहमतिको माध्यमबाट समस्या समाधान गर्न पहल गरेको छ,’ उनले भने, ‘हामी चाहन्छौँकी विप्लबहरु पनि अहिले कम्यूनिष्टकै नेतृत्वमा सरकार भएको सामाजिक न्याय र समाजवाद तिरकै अग्रसरता भएको बेलामा वार्ता संवादद्धारा समस्या समाधान गर्ने मुलधारको पोलिटिक्समा आफ्ना कुरा राख्नु निर्विकल्प जस्तै छ ।’

प्रचण्डले विप्लबलाई राम्रोसँग चिनेको बताउँदै २५ वर्षको नक्कल नगर्न आग्रह पनि गरे । ‘मैले उहाँहरुलाई राम्रोसँग चिन्छु । मैले नै स्कूलिङ गरेको हो । मसँगै सबैभन्दा बढि विप्लब नै सचिबको रुपमा काम गरेको पनि हो,’ उनले भने, ‘उहाँरुले, मैले, पार्टीले झण्डै २५ वर्ष पहिले गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ ।

यो पार लाग्ने बाटो हैन । फेरी प्रचण्डले ग¥या जस्तै नक्कल गरेर म पनि प्रचण्ड जस्तै बन्छु भनेर सोच्नु विल्कुल मनोगत हुन्छ ।’ त्यो बेलाको परिस्थिती र अहिलेको परिस्थीमा गुणात्मक फेरबदल आइसकेको भन्दै उनले वार्तामा आउन आह्वान पनि गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.