www.tandavnews.com
Fact ~ In search of truth

रविन्द्रको क्षेत्रमा मतदाता सूची अद्यावधिक गरिने

पोखरा।

कास्कीको संसदीय क्षेत्र नं २ मा असोजको पहिलो सातामा मतदाता सूचीको अद्यावधिक कार्य हुने भएको छ ।

सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएकाले असोज १ देखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएका टोलीले मतदाता सूची सार्वजनिक गरेपछि मतदाताको नाम सच्याउने, दावी विरोध गर्ने, दोहोरो नाम परेमा हटाउने लगायतका कार्य गरिनेछ । तर नयाँ मतदाताको नाम सङ्कलन नगरिने सो कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी गराए ।

मतदाता अद्यावधिक कार्य गर्नका लागि वडासचिवको संयोजकमा सहयोग समन्वय समिति गठन गरिनेछ । सो समितिमा स्थानीय सुरक्षाकर्मी, स्थानीय पदाधिकारीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि रहने कार्यालय प्रमुख सुवेदीले जानकारी गराए ।

यस क्षेत्रबाट निर्वाचित भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.