www.tandavnews.com
Fact ~ In search of truth

रवि र युवराजको बयान सकियो, थुनछेकको बहस सुरु हुँदै

चितवन।

चितवन जिल्ला अदालतमा अहिले शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ ।

जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा उनीहरुको बहस लिइएको थियो । आइतबार नै अर्की अभियुक्त अस्मिता कार्की‘रुकु’ बयान लिइएको थियो । बयान सकिएसँगै अब थुन छेकको लागि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् ।

Batas

थुनछेकको बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन पनि सक्नेछ । थुनछेक आदेशपछि मात्र आरोपीहरु धरौटीमा रिहा हुने वा कारागार चलान हुने स्पष्ट हुनेछ ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.