www.tandavnews.com
Fact ~ In search of truth

रसुवामा पहिरो जोखिमः ७ रोपनी धानखेत बगायो, १० घर उच्च जोखिममा

काठमाडौं ।

निरन्तरको भारी वर्षा पछि आएको पहिरोले रसुवामा १० घर र विद्यालय जोखिममा परेको छ ।

पहिरोले रसुवामा ७ रोपनी धानखेत बगाएको छ । जिल्लाको कालिका गाउँपालिका–४, धुसेनीमा शुक्रबार राति गएको पहिरोले करिब ७ रोपनी धानखेत बगाएको जनाइएको छ ।यस्तै सेतीबेनी मावि र देवकोटा टोलका १० घर पहिरोको जोखिममा परेका हुन् ।

रसुवा खासगरी पहिरोको जोखिममा रहेको हिमाली जिल्ला हो । एक साताअघि मात्रै भोटेकोसीमा बाढी आउँदा टिमुरे र रसुवागढी जोड्ने पुल बगाएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.