www.tandavnews.com
Fact ~ In search of truth

‘राइनो संरक्षण गोल्डकप’ आजदेखि

कावासोती ।

दुर्लभ एकसिङ्गे गँैडा संरक्षणको सन्देश दिन १५ वर्षदेखि सञ्चालन हुँदै आएको ‘राइनो संरक्षण गोल्डकप’ आजबाट नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा शुरु हुँदैछ ।

गैँडा संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताउनुभयो । खेलको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु र वातावरण संरक्षणको चेतना अभिवृद्धि गराउने उद्देश्य राखिएको छ ।

Batas

प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल आज आयोजक नवलपरासी–११ र लिली रुपन्देही–११ बीच हुने आयोजकले जनाएका छन् ।

खेल तालीकाअनुसार कात्तिक १६ गते एनआरटी र सरस्वती क्लब, कात्तिक १७ गते वीरगञ्ज युथ एकेडेमी र पोखरा–११, कात्तिक १८ गते च्यासल युवा क्लब र डिभाइन ब्वाइज युनियन काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.