www.tandavnews.com
Fact ~ In search of truth

राष्टपतिले १८ करोडको गाडी र अर्बको हेलीकोप्टर चढ्दैमा लोकतन्त्रको रक्षा हुँदैन

 

 

काठमाडौं ।

राष्टपतिले १८ करोडको गाडी र अर्बको हेलीकोप्टर चढ्दैमा लोकतन्त्रको रक्षा नहुने नेपाली कांग्रेसले बताएको छ ।

Batas

प्रतिनिधिसभाको आइतबार आजको बैठकमा विशेष समयमा बोल्दै नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले यस्तो बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडमा गाडी र डेढ अर्बमा एक हेलिकोप्टर किन्ने सरकारको निर्णयको विरोध गर्दै रिजालले राष्ट्रपति र राष्ट्रपति कार्यालयलाई विलासी बनाएको आरोप लगाए ।

राष्ट्रपतिलाई विलासी बनाएर लोकतन्त्र बलियो नहुने र स्वयम् राष्ट्रपति कार्यालयलाई पनि राम्रो नगर्ने काँग्रेसले बताएको छ। उनले राष्ट्रपतिलाई भोग विलासको सेवा दिँदा लोकतन्त्र र राष्ट्रपति संस्था बलियो नहुने पनि दाबी गरे। कांग्रेस सांसद रिजालले गणतन्त्र र लोकतन्त्र तथा राष्ट्रपति संस्थालाई जोगाउनका लागि अनावश्यक विलास नदिन माग गरेका हुन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.