www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति भण्डारी एक दिन अघि स्वदेश फिर्ता

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्किइन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरे ।

Batas

राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा मन्त्रिपरिषद्का सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता, नेपाल सरकारका विशिष्ट श्रेणी पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।चीनमा रहँदा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसनमा सहभागी भएका थिए । साथै उनले उक्त फोरमलाई विशेष सम्बोधन गरेका थिए ।

त्यसैगरी उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका थिए । सोमबार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भएको थियो भने उनीहरूको उपस्थितिमा दुई देशबीच पारवहन तथा यातायातलगायत विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.