www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति भण्डारी पोल्याण्डमा

पोल्याण्ड।
राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा पुगेकी छिन् ।

उनलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

उनका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि रहेका छन्। परराष्ट्र मन्त्रालय, वातावरण र सञ्चार क्षेत्रका विज्ञ लगायतका उच्च अधिकारी पनि यसैक्रममा वार्सा पुगेकी छिन् ।

Batas

राष्ट्रपति भण्डारीले विश्वका १ सय ९६ मुलुकका सहभागीलाई जलवायु परिवर्तन सम्बन्धी नेपालको आधिकारिक धारणा बताउने कार्यक्रम रहेको छ । कार्यक्रमकै बीच राष्ट्रपतिले पोल्याण्डका समकक्षी आन्द्रेइ सेवास्टियन दुदासँग भेटवार्ता समेत गर्ने भएकी छिन् ।

यसअघि राष्ट्रपति भण्डारी कतारको राजधानी दोहा पुग्दा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतार स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत गायत्रीबहादुर पौडेल लगायतका अधिकारीले स्वागत गरेका थिए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.