www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभामा भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक टेबुल

काठमाडौं ।

राष्ट्रियसभामा आज ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ टेबुल गरिएको छ ।राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक टेबुल गरेका छन्।

हैजा नियन्त्रण गर्न माग

राष्ट्रियसभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरा जिल्लाको सानखोलालगायत अन्य चार गाउँपालिकामा फैलिएको हैजा नियन्त्रण गर्न केन्द्रीय सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समय माग गर्दै उनले हैजाको महामारीबाट पीडित ८३ व्यक्तिको उपचार भइरहे पनि स्वास्थ्य चौकीमा चिकित्सक तथा औषधिको अभावले बिमारीको उपचारमा कठिनाइ हुनाका साथै महामारी फैलिँदै गएकाले हैजा नियन्त्रणका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले २१ दरबन्दी रहेको जोगबुढा अस्पतालमा तीन मात्र चिकित्सक रहेकाले तत्काल थप चिकित्सकको व्यवस्था गर्न जोड दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.