www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय क्रिकेट टोली बंगलादेश प्रस्थान

काठमाडौं ।

 

बंगलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बंगलादेश प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

Batas

यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि टिकट काटे पनि अन्तिम समयमा रद्द भएपछि तीन चरणमा टोली पठाउन लागिएको अध्यक्ष चन्दले बताए । ‘अन्य खेलाडी मङ्गलबार र बुधबार बङ्गलादेश जाने छन्’, उनले भने ।

बंगलादेश प्रथान गर्नेमा विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, करण केसी र एनालिष्ट रमन शिवाकोटी छन् ।

मंगलबार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रप्रताप सिंह (सहायक प्रशिक्षक) र फिजियो विक्रम न्यौपाने तथा बुधबार कुशल भुर्तेल, सन्दीप जोरा, सुशन भारी, अविनाश बोहोरा, रोहितकुमार पौडेल र व्यवस्थापक प्रशान्तविक्रम जाने छन् ।

उक्त प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बंगलादेश, ओमान र हङकङ सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा भारत, बंगलादेश र हङकङ छन् भने समूह ‘ए’ मा ओमान, पाकिस्तान श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल कात्तिक २८ गते भारतसँग खेल्नेछ । नेपालले कात्तिक ३० गते हङकङसँग तथा मङ्सिर २ गते बंगलादेशसँग खेल्नेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.