www.tandavnews.com
Fact ~ In search of truth

‘रियालिटी शो’ले प्रतिभालाई प्रमोट गर्छ

पाखेरा
ताण्डव न्यूज । 

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो विजेता हुन सिडी विजय अधिकारी । कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्रान्ड फिनालेले अधिकारीलाई विजय घोषणा गरेको हो । पहिलो भ्वाइस अफ नेपाल बनेपछि गृहजिल्ला कास्की आएका अधिकारी ताण्डव न्यूजसँग केही समय खुशी बाँडेका छन् :

पहिलो द भ्वाइस अफ नेपाल बनेपछि शुभचिन्तकको बधाई निकै आए होलान । उहाँहरुको बधाईलाई कसरी ग्रहण गर्नुभएको छ ?

Batas

उहाँहरु सबै मेरो भाग्यविधाता नै बन्नुभएको छ । उहाँहरुको साथ सर्पोटले नै भ्वाइद अफ नेपालको टाइटल जितेको छुँ । यो भनेको भोटिङ नै निर्याणक तत्व भएकोले उहाँहरुको भोटिङ बिना जित्न असम्भव थियो । प्रयाप्तमात्रामा धेरै भोट आउनुमा उहाँहरुकै हात छ । सबैजनालाई जिताउनुपर्छ भनेर भोट गर्नु भयो र नै मैलो जितेको हुँ । उहाँहरुको बधाई नै उहाँहरुकै खुसी हो ।

सुरुमा विजेताको नाम आफ्नो घोषणा हुँदा कस्तो फिल भयो ? त्यो समय कसलाई सम्झनुभयो ?

त्यो क्षण त अविस्मरणीय नै हो । आफूले आसा गरेको सोचेको, भगवानसँग प्राथना गरेको चिज पूरा भएको समय हो । मेरो नाम विजेताको रुपमा घोषणा गर्दा सुरुमै श्रीमतीलाई सम्झेको थिएँ । उनले मेरो भविष्यका यात्राको दौरानमा धेरै दुखकष्ट बेहोरेकी छन् । परिवारमा आफू नहुँदा पनि एक्लैले धानेकी थिइन् । यसको साथै पनि मेरो सर्पोटमा खटिएकी छन् । त्यसपछि मलाई साथ सर्पोट गर्ने सबैलाई सम्झे ।

भ्वाइस अफ नेपालको पहिलो विजेता बन्छु भन्ने आस आपूmमा कति प्रतिशत थियो ?

ढुक्क त थिइन् । चारजना नै एकदमै प्रतिभाशाली हुनुहुन्थ्यो । चारै जना विजेता नै हो । भोट पनि प्रतिस्पर्धात्मक नै थियो । चारै तिरबाट सहयोग समितिबाट सहयोग पाउँदा भाग्यमानी सोचेको थिए । चारैतिरबाट भोट आउँदा कसो नजितिएला र भन्ने पनि सोंचेको थिएँ ।

टाइटल जितेपछिको अनुभव सेयर गर्नुहोस न ?

टाइटल जितेपछि त खुशीको सिमाना नै रहेन । बधाईको ओइरोनै आयो । मैले अहिलेसम्म रिप्लाइ दिन पाएको छैन् । टाइटल जितेपछि त हराउनुभयो भन्ने म्यासेज पनि आए, उहाँहरुलाई पनि रिप्लाई दिन पाएको छैन् । घरपरिवार र मलाई भोट गर्ने सबै खुशी हुनुहुन्छ । अब अलिकति जिम्मेवारी थपिएको महसुस र डर पनि भएको छ । अबका दिनमा समाज, राष्ट्रमा कसरी प्रस्तुत हुनेहोला भनेर डर पनि लागिरहेको छ । मैले केही सानो चिज बोल्दिदा पनि नकरात्मक हुन्छ कि भन्ने लाग्छ, सोचेर बोल्नुपर्ने अवस्था आएको छ ।

भ्वाइस अफ नेपालको यात्रा कस्तो रह्यो ?

जीवनको छुट्टै समय विताएजस्तो अनुभव गरेको छुँ । त्यहाँबाट प्राप्त गरेको उपलब्धी अरु रियालिटी शो भन्दा भिन्न लाग्यो । एकदमै टप कम्पिटेसन छ । व्लाइन्ड राउन्ड पास हुनु नै एउटा ठूलो उपलब्धी मानिन्छ । त्यो पास भइकन पनि कोचेजहरुको ट्यालेन्ट मेम्बर बन्नुमा धेरै कुरा सिक्न पाउनु मेरो लाइफको टर्निङ पोइन्ट हो । धेरै कुरा सिक्न पाइयो । यो यात्रा संघर्षको दौरानाको अविस्मरणीय यात्रा हो ।

भ्वाइस अफ नेपालमा जानुपूर्वको संगीतयात्रा कस्तो थियो ?

पहिला पनि म संगीतमा तल्लिन थिएँ । यसैमा संघर्ष गरिरहेको थिएँ । सफलता र चर्चाको भोको थिएँ । धेरै गीतसंगीतहरुका काम गरें । मैले काम गरे अनुसारको चर्चा धेरै पाउन सकेको थिइन् । त्यसैमा चिन्तित थिए तै पनि निरन्तर संगीतमै काम गरिरहेको थिएँ । संगीत क्षेत्रमा गर्न चाहेको कुरा भ्वाइस अफ नेपालले पूरा गरिदिएको छ ।

तपाइको संगीत यात्रा लोकदोहोरीबाट सुरु भयो, पछि आधुनिक तिर जानुभयो । अहिले आएर ठिकै गरेछु जस्तो लाग्यो होला है ?

यो कुरा मेरो आदरणीय गुरु नवराज बरालको श्रेय हो । बच्चा अवस्थादेखि नै म कस्तो गीत गाउँछु भनेर पहिल्याउन गाह्रो भएको थियो । स्कुल स्तरमा दोहोरी धेरै गाइयो, एल्बम पनि निकालियो । पछि कलेजमा पप गीतहरु पनि गाइयो । यसमा सिक्न पनि पाए । पछि लगत्तै दोहोरी साँझमा काम गर्न थाले त्यहाँ दोहोरी गाउन थालियो । गुरुले धेरै प्रकारका गीत गाउन लाग्नुभयो । उहाँले आधुनिक तिर लाग भनेर मार्ग निर्देशक गर्दिनुभयो । त्यसपछि धेरै समय आधुनिक गीतमा लागि परेँ ।

तपाईँ संगीतको विद्यार्थी पनि हो, संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?

मेरो विचारमा जीन्दगीमा गास, वास, कपासलाई लिन्छौं । संगीत पनि त्यस्तै लाग्छ मलाई । कसैले मनोरञ्जनको रुपमा लिन सक्छन्, कसैले आफ्नो मनको भावना सम्प्रेषण गर्ने माध्यम लिन सक्छ, समाज परिवर्तनमा संगीतमा धेरै भूमिका हुन्छ जस्तो लाग्छ ।

सम्झनयोग्य कति प्रतियोगितामा टाइटल जित्नुभएको छ ?

धेरै सम्मान, अवार्ड, रियालिटी शोमा विजय प्राप्त गरेको छुँ । सम्झनुपर्दा ७÷८ शो, प्रतियोगितामा उपाधि प्राप्त गरेको छु । सम्झनुपर्दा, मात्रीभूमि ताराको विजेता, पिएनसी आइडलको विजेता, विगआइकनको उपविजेता, गण्डकी तारामा तेस्रो, खोजी प्रतिभा सिजन २ मा दोस्रो, पोखरेली उदयमान प्रतिभा, रेडियो नेपालमा राष्ट्रव्यापी आधुनिक प्रतियोगितामा प्रथम, बच्चै अवस्थामा चाइल्ड आर्टिस्ट अफ द इयर पनि भएको थिएँ ।

भ्वाइस अफ नेपालमै रहेर अवको योजना के–के छन् ?

भ्वाइस अफ नेपालको एकवर्षे कन्ट्राक्टमै रहेर काम गर्नुपर्छ । त्यसमा विश्व टुर, हरेक स्टेजबाट प्रस्तुति, व्यक्तित्व विकास गराइन्छ । हामी फ्रि भएपछि कसरी अगाडि बढ्ने भन्ने कुरामा पनि सर्पोट, साथ रहन्छ । भ्वाइस अफ नेपालको २० लाखको भिडियो कन्ट्राक्ट हुन्छ, त्यसमा पनि हामीले कस्तो गीत दिने भन्ने हुन्छ । टाइटल विजेताले उत्कृष्ट प्रस्तुति दिनुपर्ने हुन्छ । त्यसमा पनि हामी लागिरहेका छौं । मेरो व्यक्तिगत पेन्डिङमा रहेका गीतहरु एकवर्षपछि नै हुन्छ होला ।

तत्कालै हुने कार्यक्रमहरु के रहेका छन् ?

युकेको कार्यक्रम निश्चित भइसकेको छ । त्यो भन्दा अगाडि दुबै, जापान लगायतका देशहरुमा हुँदैछ ।

संगीत सिकेर रियालिटी शोमा जान चाहनेहरुका लागि तपाईको सुभाव के छ ?

संगीत सिक्नु र रियालिटी शोमा जानु दुइटै सकरात्मक पक्ष हो । अहिलेको विश्व बजारमा सामाजिक मिडियादेखि आफ्नो प्रतिभा राख्न सकिन्छ । संगीत सिकेर रियालिटी शोमा जानु एकदमै सकरात्मक कुरा हो । हामीले प्रतिभा देखाउनको लागि अवसर खोजीरहेका हुन्छौं । एक्लै संघर्ष गर्दा निकै गाह्रो हुन्छ । आफ्नो प्रतिभा देखाउनु भनेको प्रमोसन हो । रियालिटी शोले कुनै पनि प्रतिभालाई प्रमोट गर्न सहयोग गर्छ । आफूले आफ्नो प्रतिभा देखाउने हो र उनीहरुले हाम्रो प्रमोट गर्छन् । स्थानीय प्रतियोगिता, रियालिटी शोमा अनिवार्य भाग लिन सुझाव दिन्छु ।

प्रस्तुति : सन्तोष सुवेदी
तस्विर : दिनेश शर्मा मरासिनी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.