www.tandavnews.com
Fact ~ In search of truth

रुकुममा कुटपिटबाट एकको मृत्यु

रुकुम ।
पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ ।

कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय गोविन्द पुन रहेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । आइतबार साँझ ९ बजे रावतमाथि कुटपिट भएको थियो । उनीहरु तीनै जना शहीदमार्गको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिमा कार्यरत थिए । मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्दा रावतलाई लठ्ठीले हिर्काइ अचेत अवस्थामा पुर्याइएको थियो ।

कुटपिटबाट गम्भीर घाइते रावतको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मङ्गलबार बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । रानालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो भने पुनलाई सोमबार नियन्त्रणमा लिई कानूनी प्रक्रिया शुरु गरेको प्रहरी नायब उपरीक्षक  खड्काले बताए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.