www.tandavnews.com
Fact ~ In search of truth

रुखो व्यवहार र घरभाडामा मनपरी

 

पोखरा ।

घरभाडामा बस्नु रहर होइन बाध्यता हो । घरभाडामा दिनेहरुको मनपरीले भाडामा बस्नेहरु समस्यामा छन् यतिखेर पोखरामा । सानो कोठालाई पनि महङ्गो शुल्क तिरेर बस्नुपर्दा विशेष गरी क्याम्पस पढ्न गाउँबाट सहर छिरेका विद्यार्थी र न्यून आय भएका मजदुर वर्ग मर्कामा छन् ।

सहरमा घर ठड्याएकाहरुको रुखो व्यवहार र महङ्गो घर भाडाका कारण दैनिक गुजारा चलाउन निकै समस्या परेको पोखरा–५ प्रास्र्याङ बस्ने कल्पनाले बताइन् । एकातिर गाउँ छाडेर सहर पस्ने क्रम बढिरहेको छ भने अर्कोतिर सहरी बसाइँ महङ्गीका कारण दिनानुदिन थप कष्टकर बन्दै गएको छ ।

जागिरका लागि जाँदा ५÷७ हजार तलब दिने कुरा आउँछ अनि घरभाडामै जान्छ ४००० जति अनि के खाने ? सानो टिनले छाएको कोठालाई समेत महङ्गो भाडा तिर्नु परेको सिमलचौर बस्ने सागरले गुनासो गरे । एउटा सानो खाट र किचन टेबल मात्र अट्ने कोठा छ तर बत्ती पानी बाहेक नै ३००० तिर्नु परेको उनले सुनाए ।

मनपरी घरभाडाका कारण निकै समस्या छ पोखरा बगर बस्ने महेन्द्र थापाले भने । सबैले मनपरी गरेका नहोलान् तर धैरेले मनपरी भाडा लिइरहेको अवस्था छ । स्थानीय सरकार बनिसकेको छ यस विषयमा किन ध्यान जान सकेको छैन ? अब स्थानीय सरकारले एउटा मापदण्ड बनाएर वैज्ञानिक र व्यवहारिक भाडा तोक्न जरुरी भइसकेको छ । यस विषयमा सम्बन्धित पक्षको ध्यान जाओस् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.