www.tandavnews.com
Fact ~ In search of truth

रोट्रयाक्ट फुटसल चैत ९ गते

पोखरा ।

रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनले फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रोटरीयन स्व. कृष्ण थापाको स्मृतिमा फुटसल प्रतियोगिता हुने भएको हो ।

रोटरी, रोट्रयाक्ट र ईनरह्विल क्लवहरु बीचको भातृत्व विकास गर्ने हेतुले प्रत्येक वर्ष यो प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ ।प्रतियोगिता चैत ९ गते शनिबार हुनेछ भने सहभागी हुन चाहने क्लवहरुले शुक्रबार साँझ ५ बजेसम्म टिम दर्ता गराउन सक्नेछन् । रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष अच्युत पौडेलका अनुसार प्रतियोगितामा जोन ४ का रोट्रयाक्ट क्लवहरु, रिजन ४ का रोटरी क्लवहरु र पोखराका ईनरह्विल क्लवले सहभागिता जनाउन सक्नेछन् ।

यस्तै, रोट्रयाक्ट पुरुष, रोटरी तथा महिला टिमहरुको छुट्टाछुट्टै प्रतियोगिता गराईनेछ । आयोजकका अनुसार रोट्रयाक्ट पुरुषतर्फ टिम दर्ताको लागि ३ हजार रुपैयाँ र महिलातर्फ प्रतिटिम २ हजार रुपैयाँ दर्ताशुल्क तोकिएको छ ।
रोटरीतर्फ भने प्रतिटिमको लागि ५ हजार रुपैयाँ र ईनरह्विल टिमको लागि ३ हजार दर्ताशुल्क तोकिएको छ । प्रतियोगिताको सह आयोजक रोट्रयाक्ट क्लव अफ पोखरा र रोट्रयाक्ट क्लव अफ मणिपाल रहेका छन्, सह प्रायोजक पोखरा यु.पि. भि. सि. उद्योग तथा पुरस्कार प्रायोजन स्व. कृष्ण थापाको परिवारको तर्फबाट रोटरियन डा. पबिन थापाले गरेका छन् ।

खेल पोखरा भाटभटेनी स्थित स्काई स्पोर्टसमा हुनेछ ।प्रतियोगितामा विजेताहरुले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।खेलका माध्यमबाट भातृत्व विकासको लागि प्रतियोगिता आयोजना गरिएकोर रोट्रयाक्ट क्लव अफ मिडटाउन पोखराका अध्यक्ष अच्युत पौडेलले जानकारी दिए ।

प्रतियोगितामा विजेताहरुले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.