www.tandavnews.com
Fact ~ In search of truth

रोबोर्ट प्रतिस्पर्धामा म्याजिक ह्विल नामक रोबर्ट प्रथम

पोखरा ।

कम्प्युटर एसोसिएसन महासंघ (क्यान) कास्कीद्वारा आयोजित दशौं संस्करणको क्यान इन्फोटेकमा रोबोर्ट प्रतिस्पर्धा भएको छ । पश्चिमाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थीले निर्माण गरेका ट्रयाकर रोबार्टबीच प्रतिस्पर्धा भएको हो ।

प्रतिश्पर्धामा निश्चल दाहाल, आकाश जैशी पौडेल र अजय केसीको समूहले निर्माण गरेको म्याजिक ह्विल नामक रोबर्ट प्रथम भएको छ । सागर थापा र किसोर जिसीले निर्माण गरेको अननोन नामक रोबोर्ट द्वितीय भएको कार्यक्रम संयोजक सुरेश सापकोटाले जानकारी दिए । सोमबार सुरु ‘क्यान इन्फोटेक’को गण्डकी प्रदेशका आन्तरिक मामिना तथा कानुनी व्यवस्थामन्त्री हरिबहादुर चुमानले उद्घाटन गरेका थिए ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण भइरहेको सचिव विकास भुर्तेलले जानकारी दिए ।

इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.ई पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, डाइमन्ड स्पोन्सरमा डिजिकम र जेरक्स, होटल पार्टनरमा होटल मुनस्टोन, एजुकेसन सपोर्टमा ओम डेभलपमेन्ट बैंक र इन्फरम्याटिक्स कलेज, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्सले साथ दिएको छ । दसौं संस्करणको प्रदेश स्तरीय क्यान इन्फोटेकसँगै सातौं सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल पनि प्रदर्शनी केन्द्रमा जारी छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.