www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा आफ्नै स्कुलको साथी माथि खुकुरी प्रहार

पोखरा ,
ताण्डव न्यूज ।

लमजुङमा एक स्कुले विद्यार्थी माथि आज बुधबार खुकुरी प्रहार भएको छ ।

बेशिसहर नगरपालिका– ३ मा रहेको लम्जुङ माध्यमिक विद्यालय गाउँसहर कक्षा १० मा पढ्ने अन्दाजी १६,१७ वर्षका बिष्णु बहादुर देउजा माथि खुकुरी प्रहार भएको हो । सोही स्कुलमा कक्षा ८ मा पढ्ने १६ वर्षिय संजिप तमाङ,१६ वर्षिय सुवास तामाङ,१६ वर्षिय दिवस तामाङ र १७ वर्षिय सन्जु तामाङले खुकुरी प्रहार गरी घाईते बनाएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घाईते देउजाको सामुदायिक अस्पताल बेशीसहरमा उपचार भइरहेको छ । प्रहरीले घटना स्थलबाट खुकुरी सहित ४ जनालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.