www.tandavnews.com
Fact ~ In search of truth

‘लाउँछ माया’ को अर्को सहकार्य ‘निष्ठुरे’

पोखरा
ताण्डव न्युज । 

यसअघि शिव हमालको सिर्जनामा ‘लाउँछ माया’ बोलको गीत हिट भयो । गीतलाई कुलेन्द्र विक र सरिता कार्कीले गाएका थिए । उक्त गीत युटुवमा ६० लाख भन्दा बढी पटक हेरिएको छ ।

‘लाउँछ माया’ गीत हिट भएपछि सोही टिम फेरी अर्को पटक दोहोरीएको छ । ‘निष्ठुरे’ नामक गीत ‘लाउँछ माया’ को अर्को सहकार्य हो । हमालको उत्कृष्ट सिर्जना रहेको गीतमा कुलेन्द्र विक र सरिता कार्कीको आवाज रहेको छ । गीतमा आशिष अविरलको एरेन्ज रहेको छ ।

Batas

गीतको भिडियोमा चर्चित मोडलद्धय महेन्द गौतम र करिश्मा ढकालले कम्मर मर्काएका छन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् ।

विष्णु शर्माले सम्पादन गरेको भिडियोलाई गायिका सरिता कार्कीको अफिसियल युटुव च्यानलबाट शुक्रबार सार्वजानिक गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.