www.tandavnews.com
Fact ~ In search of truth

लागुऔषध कारोबार रोक्न गृहलाई निर्देशन

 

 

काठमाडौँ।

सङ्घीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

Batas

सिंहदरबारस्थित समितिकोसभा कक्षमा आज बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध र सङ्गठित अपराध नियन्त्रण गर्न र आतङ्ककारी गतिविधिलाई रोक्न थप मिहेनत र परिश्रमका साथ काम गर्नेतर्फ सशस्त्र प्रहरी बलका सबै अधिकृत र जवानलाई परिचालित गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिकी सभापति शशी श्रेष्ठले सशस्त्र प्रहरी सेवामा कार्यरत कर्मचारीको नियमावली अनुसारको वृत्ति विकासका अवसर प्रदान गर्दै सशस्त्र प्रहरी बललाई राज्यले प्रदान गरेको भूमिका प्रभावकारी रुपले निर्वाह गर्ने कार्यमा गृह मन्त्रालयले नीतिगत नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल नेपालले राज्यले दिएको जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आएको समितिको ठहर छ ।

सोही अवसरमा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीभित्र देखिएको वृत्ति विकासको सवाल, नियमावली संशोधन, बढुवा र सशस्त्र प्रहरीभित्रको अनुशासनलाई सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा समितिका सदस्य झपड रावल, नवराज सिलवाल, यशोदा गुरुङ सुवेदी, राजेन्द्र श्रेष्ठ र देवेन्द्रराज कँडेललगायतले सशस्त्र पहरी बललाई विशेषगरी सीमा क्षेत्रमा खटाउनुपर्नेमा जोड दिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राज्यले दिएको जिम्मेवारीलाई सशस्त्र प्रहरी बलले जिम्मेवारीका साथ पूरा गर्दै आएको जानकारी गराए ।  रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.