www.tandavnews.com
Fact ~ In search of truth

लागुऔषध सहित पक्राउ परे मुस्ताङका विक्रम

 

पोखरा ,
ताण्डव न्यूज ।

पोखरामा लागुऔषध सहित एक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका १७ छोरेपाटनबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३० वर्षीया विक्रम परियार पक्राउ परेका हुन् । पक्राउ परेका विक्रमको साथबाट साथबाट नुफिन ३२ थान, फेनरागन ३२ थान, डाईजेपाम ३२ थान, नाईट्रेजिजिप १८० ट्याव्लेट, सिरिज १९ थान, मोबाईल ३ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

साथै उनको साथबाट नगद १४ हजार ३ सय ३५ रुपैयाँ बरामद भएको छ ।मुस्ताङ जिल्ला थासाङ गाउँपालिका –२ लेते घर भएका विक्रम हाल पोखरा –३ विन्दबासिनीमा डेरा गरी बस्दैँ आएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.