www.tandavnews.com
Fact ~ In search of truth

लागु औषध सहित काभ्रेका मनोज पक्राउ

काठमाडौँ ।

महानगरीय प्रहरी प्रभाग बलम्बुले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय कार्यालय रानीपोखरीका प्रवक्ता पुजा सिंहले झोलामा लुकाएर सडकमा हिँडिरहेको अवस्थामा ४६ एम्पुल नुर्फिन, ४६ एम्पुल फेनार्गन र ४६ एम्पुल डाइजेल्याव बरामद गरेको जानकारी दिए।

सुनसहित एक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित एकजनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षामा खटिएको टोलीले तीन थान सुनको बालासहित धनुषा गणेशमान नगरपालिका–४ का वशकिल महमदलाई हिजो सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका महमदबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.