www.tandavnews.com
Fact ~ In search of truth

लियो चौतारीद्धारा न्यानो कपडा सहयोग

पोखरा
ताण्डव न्यूज ।

लियो क्लब अफ चौतारी, पोखराले न्यानो कपडा सहयोग गरेको छ । पोखरा २७ लेखनाथ स्थित श्रीकृष्ण प्रणामी वृद्ध तथा बाल आश्रममा आश्रीतहरुलाइ न्यानो कपडा सहयोग गरेको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि राम थापाले लायन्स युथ प्रोजेक्ट भएको उल्लेख गर्दै समाजसेवा र व्यक्तित्व विकासमा थप योगदान गर्न सुझाए ।

Batas

कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बि १ नेपालका अध्यक्ष बिनायक पौडेल, उपाध्यक्ष आदर्शमोहन भट्टराई जिल्ला परिषदका विभिन्न पदाधिकारी, पोखरा आसपासका लियो क्लबहरुका अध्यक्षहरु तथा लियो सदस्यहरु लगायतको उपस्थिती थियो ।

क्लबका अध्यक्ष बिशाल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक तथा क्लबका उपाध्यक्ष किरण अधिकारीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.