www.tandavnews.com
Fact ~ In search of truth

लेखनाथ उद्योग वाणिज्य संघमा ढकाल र अधिकारी, कस्ले मार्ला बाजी ?

पोखरा ,
ताण्डव न्यूज ।

लेखनाथमा उद्योग वाणिज्य संघको चुनाबको सरगर्मी बढेको छ । आगामी कार्यकालको नेतृत्वको लागि विभिन्न पदमा केहि नयाँ र केहि अहिले नै नेतृत्वमा रहेकाहरुले पुनःनेतृत्वमा आउने तयारी गरेका छन् । भदौ २० र २१ मा हुने संघको अधिवेशनमा १ हजार ३ सय १० जना साधारण सदस्यले नेतृत्व चयन गर्नेछन् ।

लेखनाथ उद्योग बाणिज्य संघको १२ औं अधिवेशनका लागि ८ खुला सदस्य र २ महिला सदस्यका गरी १० जनाको लागि करिब २५ जनाले उमेद्वारी दिने बताइरहेका छन् ।संघको अबको नेतृत्वको लागि हालका वरिष्ठ उपाध्यक्ष बलराम ढकाल र महासचिव भरतकुमार अधिकारी भिड्ने पक्कापक्की छ । उनीहरुले यस अघि नै उमेद्वारी घोषणा गरेर चुनाबी मैदानमा रहेको जानकारी गराएका छन् । यो टिमलाई हाल संस्थापन टिम भनिएको छ ।

Batas

उक्त टिमको विपक्षीमा हालका महासचिब भरतकुमार अधिकारीले आफ्नो टिम बनाएको स्रोतको दाबी छ । उनले गत ११ औँ अधिबेशनमा आफुले नै पराजीत गरेका ऋषिराम जमरकट्टेललाई महासचिब पदमा उमेद्वार बनाउने टुंगो लगाइसकेका छन् ।

ढकाल टिमबाट छत्रधर आत्रेय वरिष्ठ उपाध्याक्षमा, विनोद श्रेष्ठ प्रथम उपाध्यक्षमा, राजेन्द्र ओझा द्वितीय उपाध्यक्षमा, गोपिचन्द्र बास्तोला महासचिवमा, उपेन्द्रराज सुवेदी राजु उपमहासचिवमा र जानुका पराजुली कोषाध्यक्ष पदमा उमेद्वार रहेको स्रोतले जानकारी दियो । अधिकारी पक्षको टिम भने अझै खुलिनसकेको बताइएको छ ।

स्रोतका अनुसार सर्वसम्मत बनाउने प्रयास समेत भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.